भन्सालीलाई कोरोना, रोकियो ‘गंगूबाई काठियावाडी’को सुटिङ « Khabarhub

भन्सालीलाई कोरोना, रोकियो ‘गंगूबाई काठियावाडी’को सुटिङ


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘गंगूबाई काठियावाडी’का निर्देशक सञ्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएपछि फिल्मको सुटिङ रोकिएको छ ।

एबीपीलाइभमा प्रकाशित समाचारअनुसार यो फिल्मको हाल मुम्बईको फिल्मसिटीमा सुटिङ भइरहेको थियो । कोरोना संक्रमण भएपछि उनले आफूलाई घरमै क्वारेन्टाइनमा राखेका छन् ।

गत फेब्रुअरीमा अभिनेत्री आलिया भट्टको शीर्ष भूमिकामा अभिनय रहेको यो फिल्मको टीजर सार्वजनिक भएको थियो । फिल्म यसै वर्षको जुलाई ३० मा रिलिज हुँदैछ ।

फिल्ममा अजय देवगनको पनि अभिनय छ । फिल्ममा उनको छोटो भूमिका रहे पनि महत्वपूर्ण रहेको निर्माण पक्षले जनाएको छ । अजय र सञ्जयले यसअघि फिल्म ‘हम दिल दे चुके सनम’मा सहकार्य गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : ०६ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा