किन चिलाउँछ आँखा ? « Khabarhub

किन चिलाउँछ आँखा ?


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा आखाँ चिलाउने समस्या देखिने गरेको छ । लामो समयसम्म उज्यालो प्रकाश भएको स्क्रिनमा काम गर्नु, मोवाइल, टेलिभिजनको धेरै प्रयोग गर्नु र प्रदुषित क्षेत्रमा काम गर्ने लगायका कारणले आँखा चिलाउने समस्या हुनसक्छ ।

यदि सही समयमा यसको उपचार भएन भने कालान्तरमा दृष्टिविहीन हुने समेत संभावना बढाउँछ ।

आँखाको दानाको सबैभन्दा बाहिरी तहमा विभिन्न एलर्जी गर्ने कारक तत्वले गर्दा पनि आँखा चिलाउने हुने गर्छ । यी कारक तत्वको मुख्य कारण भनेको हावा नै हो ।

हावाको माध्यमबाट आँखासम्म एलर्जी पुग्ने भएकाले यसले चिलाउने समस्या हुने गर्दछ ।

यस अलावा स्क्रिनको कामले समेत आँखामा समस्या हुने गर्दछ । विशेषत आँखाको समस्या बालबालिका र किशोर अबस्थामा अत्यधिक देखिन्छ । र यो गर्मी मौसममा बढी हुन्छ ।

लक्षण
– आँखा चिलाउने
– आशु आउने
– आँखा बिझाउँने
– घाममा हेर्न असजिलो हुने
– आँखाको रंगमा परिवर्तन हुने
– आँखा पहेँलो हुने
– आँखाको बाहिरी तहको चमक हराउने
– धागोजस्तो चिप्रा आउने

जोखिम
यस प्रकारको लक्षण वा समस्या बढ्दै गएमा आँखाको बाहिरी नानी वरपर मसिना फोका जस्तो देखिने, मासु पलाएर त्यो नानीलाई ढाक्ला जस्तै भई आँखा छोप्दै आउने हुन्छ ।

यसका साथै नानीको वरपर माथिल्लो आधा भागमा सेतो घेराजस्तो देखिने हुन्छ । यस्तोमा कहिलेकाहिँ उपचार ढिलाई भएमा आँखाको नानीमा घाउ वा फुलो पर्ने हुन्छ ।

यदि माथि उल्लेखित समस्या देखिएमा वा लक्षण मिलेमा तत्काल चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । अन्यथा उपचार ढिलो भएमा आँखाको दृष्टि गुम्ने खतरा हुने गर्दछ । यस प्रकारको समस्या आउन नदिन हरेक २० मिनेटको अन्तरमा कम्प्युटर वा प्रकाशमा काम गरेपछि बाहिर हेर्ने र २० पटक आँखा झिम्क्याउने गर्नु पर्दछ । साथै नियमित आँखा धुने, मोवाइल वा टेलिभिजन कम हेर्ने गर्नु पर्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : १५ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका