किन चिलाउँछ आँखा ? | Khabarhub Khabarhub

किन चिलाउँछ आँखा ?


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा आखाँ चिलाउने समस्या देखिने गरेको छ । लामो समयसम्म उज्यालो प्रकाश भएको स्क्रिनमा काम गर्नु, मोवाइल, टेलिभिजनको धेरै प्रयोग गर्नु र प्रदुषित क्षेत्रमा काम गर्ने लगायका कारणले आँखा चिलाउने समस्या हुनसक्छ ।

यदि सही समयमा यसको उपचार भएन भने कालान्तरमा दृष्टिविहीन हुने समेत संभावना बढाउँछ ।

आँखाको दानाको सबैभन्दा बाहिरी तहमा विभिन्न एलर्जी गर्ने कारक तत्वले गर्दा पनि आँखा चिलाउने हुने गर्छ । यी कारक तत्वको मुख्य कारण भनेको हावा नै हो ।

हावाको माध्यमबाट आँखासम्म एलर्जी पुग्ने भएकाले यसले चिलाउने समस्या हुने गर्दछ ।

यस अलावा स्क्रिनको कामले समेत आँखामा समस्या हुने गर्दछ । विशेषत आँखाको समस्या बालबालिका र किशोर अबस्थामा अत्यधिक देखिन्छ । र यो गर्मी मौसममा बढी हुन्छ ।

लक्षण
– आँखा चिलाउने
– आशु आउने
– आँखा बिझाउँने
– घाममा हेर्न असजिलो हुने
– आँखाको रंगमा परिवर्तन हुने
– आँखा पहेँलो हुने
– आँखाको बाहिरी तहको चमक हराउने
– धागोजस्तो चिप्रा आउने

जोखिम
यस प्रकारको लक्षण वा समस्या बढ्दै गएमा आँखाको बाहिरी नानी वरपर मसिना फोका जस्तो देखिने, मासु पलाएर त्यो नानीलाई ढाक्ला जस्तै भई आँखा छोप्दै आउने हुन्छ ।

यसका साथै नानीको वरपर माथिल्लो आधा भागमा सेतो घेराजस्तो देखिने हुन्छ । यस्तोमा कहिलेकाहिँ उपचार ढिलाई भएमा आँखाको नानीमा घाउ वा फुलो पर्ने हुन्छ ।

यदि माथि उल्लेखित समस्या देखिएमा वा लक्षण मिलेमा तत्काल चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । अन्यथा उपचार ढिलो भएमा आँखाको दृष्टि गुम्ने खतरा हुने गर्दछ । यस प्रकारको समस्या आउन नदिन हरेक २० मिनेटको अन्तरमा कम्प्युटर वा प्रकाशमा काम गरेपछि बाहिर हेर्ने र २० पटक आँखा झिम्क्याउने गर्नु पर्दछ । साथै नियमित आँखा धुने, मोवाइल वा टेलिभिजन कम हेर्ने गर्नु पर्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : १५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई