बोल्ड दृश्य दिन सनीको यस्तो शर्त ! « Khabarhub

बोल्ड दृश्य दिन सनीको यस्तो शर्त !


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– इन्डो–क्यानेडियन पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी फिल्म भन्दा बढी निजी जीवनका कारण चर्चामा आइरहन्छिन् । उनको जीवनको अधिकांश समय विवादमै गुज्रिएको छ ।

सनी जति विवादमा तानिए पनि उनी ती विवादको डटेर सामना गरिरहन्छिन् । उनले भारतीय टेलिभिजनको चर्चित र विवादित रियालिटी शो ‘बिग बोस ५’बाट बलिउडमा पाइला चालेकी थिइन् ।

यो शोमा रहिरहँदा उनलाई अभिनेत्री, निर्माता तथा निर्देशक पुजा भट्टले फिल्म ‘जिस्म २’मा अनुबन्ध गराएकी थिइन् । सनीका लागि यो फिल्म ‘डेब्यू’ थियो ।

फिल्ममा उनले अभिनेता रणदीप हुड्डा र अरुणोदय सिंहसँग कैयौं बोल्ड र रोमान्टिक दृश्य दिएकी थिइन् ।

सनीले दुवै अभिनेतासँग बोल्ड दृश्य दिनका लागि एउटा अनौठो शर्त राखेकी थिइन्, जुन शर्त सुन्दा फिल्म युनिटका अन्य सदस्य चकित परेका थिए ।

कोईमोईमा प्रकाशित समाचारअनुसार सनीले बोल्ड दृश्य दिनका लागि रणदीप र अरुणोदयसँग एचआईभी परीक्षणको मेडिकल रिपोर्ट मागेकी थिइन् । उनले दुवै अभिनेताले रिपोर्ट देखाएमा मात्र आफू बोल्ड र रोमान्टिक दृश्य दिन तयार रहने बताएकी थिइन् ।

उनले आफ्नो शर्त बलिउडका चर्चित कलाकारलाई भने लागु नहुने जनाएकी थिइन् । ‘सनीले नयाँ कलाकारका लागि मात्र यो शर्त राखेकी थिइन् । उनले लामो समयसम्म आफूले सम्झौता गरेका प्रोजेक्टमा काम गर्नु अघि सबैलाई एचआईभी परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने शर्त राखेकी थिइन्’, सनी निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ४० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी