ट्यूनिसियामा डुंगा डुब्दा ३९ आप्रबासीको मृत्यु, १३९ को उद्धार « Khabarhub

ट्यूनिसियामा डुंगा डुब्दा ३९ आप्रबासीको मृत्यु, १३९ को उद्धार


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिस– ट्यूनिसियाको सामुद्रिक क्षेत्रमा भएको दुई वटा डुङ्गा दुर्घटनामा कम्तिमा ३९ आप्रबासीको मृत्यु भएको छ ।

अत्यधिक भार बोकेका कारण समुद्रमा डुङ्गाले सन्तुलन गुमाई डुबेका कारण कम्तिमा ३९ जनाको मृत्यु भएको र १६५ जना घाइते भएका सुरक्षा अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

मृत्यु हुने तथा घाइते सबै आप्रबासी भएको ट्यूनिसियाली राष्ट्रिय सुरक्षा गार्डले पुष्टि गरेको छ ।

गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुङ्गा मंगलबार अफ्रिकी साहारा क्षेत्रबाट छुटेको र डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी आप्रबासी शरणार्थीहरू रहेका थिए ।

सुरक्षा निकायले तत्काल सामुद्रिक तटमा खटी देखाएको मानवीय सहयोगका कारण धेरै व्यक्तिहरूको ज्यान जोगिएको प्रवक्ता जबालीले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ३८ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ