गृहमन्त्री थापाको पनि खोसियो सांसद पद, खड्कालाई सोधियो स्पष्टीकरण | Khabarhub Khabarhub

गृहमन्त्री थापाको पनि खोसियो सांसद पद, खड्कालाई सोधियो स्पष्टीकरण


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गर्दै दल त्याग गरेको  पत्र संसद सचिवालयलाई पठाएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले थापाले दल परित्याग गरेकाले सांसदबाट कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाएका हुन् ।

कारबाहीसँगै थापाको पद पनि खारेज हुने भएको छ । राष्ट्रिय सभामा माओवादी केन्द्र दलका नेता दिनानाथ शर्माले दलत्याग गरेकाले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार गरिएको जानकारी दिए । ‘निर्वाचित भएको दल त्याग गरी अर्को दलमा गएकाले कानुनअनुसार सांसदको पद रहँदैन । प्रष्टिकरण सोधिएको थियो तर चित्तबुझ्दो जवाफ भेटिएन । अब दल त्याग गरेर गएपछि यताबाट भएको सांसद पद त रहँदैन नि !’ उनले भने ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिएको जानकारीअनुसार राष्ट्रिय सभा सदस्य थापाले दल त्याग गरेकाले सांसद पद खारेज गरिदिन भनेर प्रचण्डले शुक्रबार पठाएको पत्र संसद् सचिवालयमा दर्ता भएको छ ।

अहिले राष्ट्रिय सभाको अधिवेशन छैन, त्यसैले थापाको सांसद पद खारेज भएको सूचना संसद् सचिवालयले प्रकाशित गरेपछि थापाको सांसद पद खारेज हुनेछ ।

उक्त प्रक्रिया तत्काल भने अगाडि नबढ्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हाल स्पेन भ्रमणमा छन् । उनी स्पेनबाट फर्किएपछि मात्रै थापाको सांसद पद खारेजीको प्रक्रिया अगाडि बढ्नेछ । उनी २०७८ साल वैशाख १ गते मात्रै नेपाल फर्किने कार्यक्रम छ । थापा माओवादी केन्द्र परित्याग गरेर नेकपा (एमाले)प्रवेश गरेका थिए ।

यस्तै, राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ । उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी शर्माले दिए ।

यसअघि एमाले प्रवेश गरेका अन्य चार मन्त्रीलाई पनि माओवादीले सांसद्‍बाट हटाएको थियो । लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई दल त्याग गरेपछि माओवादीले सांसदबाट हटाएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : २० बजे

शिक्षा मन्त्रीले भने : शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री