माओवादी केन्द्रले कारबाही गरेका चार पूर्वमन्त्री फेरि मन्त्री नियुक्त « Khabarhub

माओवादी केन्द्रले कारबाही गरेका चार पूर्वमन्त्री फेरि मन्त्री नियुक्त


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चार पूर्वमन्त्रीलाई आज पुन: मन्त्री नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री नियुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनीहरूलाई मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा चार जनालाई मन्त्री गरी कार्यभार समेत तोकिएको जनाएको छ ।

रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भट्टराई उद्योग, वाणिज्य तथा आपूर्ती, साहलाई शहरी विकास र चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ। माओवादीले कारबाही गर्नुअघि पनि उनीहरू सोही जिम्मेवारीमा थिए।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ४६ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि