कांग्रेस र माओवादी केन्द्रको विरोधका कारण सदन स्थगित « Khabarhub

कांग्रेस र माओवादी केन्द्रको विरोधका कारण सदन स्थगित


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक दैनिक कार्यसूचीमा प्रवेशै नगरी स्थगन भएको छ । दिउँसो १ बजे सञ्चालन हुने भनिएको बैठक केही समय ढिलापछि सञ्चालन हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले उभिएर विरोध जनाएपछि सदन स्थगन भएको उपसभामुख सरस्वती पोखरेलले बताइन् ।

उभिएका सांसदलाई पटकपटक आशन ग्रहण गर्न उपसभामुख पोखरेलले आग्रह गर्दा पनि सांसदले आशन ग्रहण नगरेपछि बोल्न समय पाएका नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतका झलकबहादुर मगरले सरकार चौथो वर्षमा प्रवेश गर्दा पनि जनता सरकारबाट सन्तुष्ट नरहेको टिप्पणी गरे । उनले हामी अहिले प्रमुख प्रतिपक्षी दल कांग्रेसको धारणामा समानता र मुद्दामा ऐक्यबद्ध छौँ भन्दै सरकारले चालु आर्थिक वर्षका लागि सञ्चालित योजना अलपत्र अवस्थामा रहेकाले अविलम्ब सञ्चालन गर्नुपर्ने माग गरे ।

प्रमुख सचेतक मगरले प्रदेशमा सञ्चालित बहुवर्षीय सडक योजना तथा पुलका काम लथालिङ्ग अवस्थामा रहेकाले बजेटको सुनिश्चिता गरी योजना सञ्चालन हुनुपर्ने बताए । उनले बजेट पुस्तिकामा प्रकाशित निर्वाचन क्षेत्र पूर्वाधार कोष र निर्वाचन क्षेत्र विशेष कार्यक्रम कोष सक्दो छिटो बन्दोबस्त गर्नुपर्ने माग राख्दै सङ्घीय सरकारबाट हस्तान्तरित योजनालाई प्रदेश सरकारले मनोमानी ढङ्गले सञ्चालन गर्ने कार्य रोक्नुपर्ने कुरामा जोड दिए ।

राजनीतिक आस्थाका आधारमा कर्मचारीको वृत्ति विकासमा भेदभाव र सरुवा गरिरहेकाले सो कार्य रोक्नुपर्ने भन्दै प्रमुख सचेतक मगरले सरकारले आफूहरूको मागलाई सम्बोधन नगरेसम्म सदन चल्न नदिने घोषणा गरे ।

प्रदेशसभाको अर्को बैठक यही चैत ३० गते दिउँसो १ बजे बस्ने उपसभामुख पोखरेलले सदनमा जानकारी दिइन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ०१ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा