सडक मर्मत गर्न एक महिना सवारी आवातजावत बन्द हुने « Khabarhub

सडक मर्मत गर्न एक महिना सवारी आवातजावत बन्द हुने


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्हार गर्न चैत २८ गतेदेखि एक महिना सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।

वाग्मती प्रदेश, यातायात पूर्वाधार प्रदेशनालयले आज चैत २८ देखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारको यातायात सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

उक्त सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारको यातायात सेवालाई बन्द गर्नुपरेको वाग्मती प्रदेश, यातायात पूर्वाधार निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले बताए । उनले काठमाडौँको दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्ड यातायात सञ्चालनमा रोक नलगाएको जानकारी दिए ।

प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले भोलि हेबी र फाखेल सडकखण्ड बन्द गर्ने भनी सहमतिको साथ निर्णय गरिएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक भण्डारीले बताए ।

काठमाडौँको दक्षिणकालीदेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : १६ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा