सत्ता समीकरणबारे छलफल गर्न तीन दलको बैठक देउवा निवासमा शुरु « Khabarhub

सत्ता समीकरणबारे छलफल गर्न तीन दलको बैठक देउवा निवासमा शुरु


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक बुढानीलकण्ठमा शुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको बैठक शुरु भएको हो ।

ज‍सपाका नेताहरु ढिला गरी पुगेको हुँदा ३ बजेका लागि बोलाइएको बैठक ढिला गरी मात्र शुरु भएको हो ।

बैठक अघि जसपाका शीर्ष नेताहरुले आन्तरिक छलफल गरेका थिए । उक्त छलफलपश्चात मात्र उनीहरु देउवा निवास पुगेको स्रोतले जानकारी दिएको हो ।

बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगेका थिए ।

बैठकमा प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी भएको जनाइएको छ ।

जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई पनि बैठकका लागि पुगेका छन्।

सत्तासाझेदारी लगयतका विषयमा छलफल गर्न सभापति देउवाले शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ४३ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा