प्रदेश प्रमुख अहिराजले मुस्ताङमा विद्यार्थीलाई पढाउँदै कापी र कलम बाँडे « Khabarhub

प्रदेश प्रमुख अहिराजले मुस्ताङमा विद्यार्थीलाई पढाउँदै कापी र कलम बाँडे


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्ताहव्यापी देशदर्शन अभियानमा रहेका प्रदेश २ प्रमुख डा. राजेश अहिराजले मुस्ताङमा स्कूले बालबालिकाहरुसँग भलाकुसारी गरेका छन् ।

मुस्ताङको कागबेनीस्थित श्री जनशान्ति माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा १ का विद्यार्थीहरुसँग उनले रमाइलो गर्दै केही बेर पढाएका पनि थिए ।

प्रदेश प्रमुख अहिराजले बच्चाहरुसँग पढाईको कुरा गर्दै उनीहरुलाई देशको नाम उच्च राख्न प्रेरणा दिए । त्यस क्रममा प्रमुख अहिराजले विद्यार्थीहरुको शैक्षिक समस्याको बारेमा जानकारी लिर्दै कक्षा १ का सबै विद्यार्थीलाई कापी र कलम प्रदान गरे ।

त्यस अवसरमा प्रमुख अहिराजले ७७ वटै जिल्लाका सबै बालबालिका देशको अनमोल रत्न र भविष्य भएको बताए ।

यसैबीच प्रदेश प्रमुख अहिराज मुस्ताङ्गमा अवस्थित मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । आन्तरिक धार्मिक पर्यटनलाई बढाबा र प्रवद्र्धन गर्नुपर्ने उद्देश्यले हिमाल पारीका जिल्लाहरु भ्रमणमा रहेका प्रमुख अहिराजले देशभित्रका मठ–मन्दिरलगायत धार्मिकस्थलहरुको भ्रमणले आन्तरिक पर्यटन मजबुत हुनुका साथै आर्थिक उन्नति पनि हुने बताए ।

उनले नेपालका प्राकृतिक तथा धार्मिक सम्पदाहरुको विश्वभर प्रचार–प्रसार गराएर नेपाललाई धार्मिक पर्यटनको प्रधान केन्द्र बनाउन सकिनेमा जोड दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : ४५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा