प्रदेश प्रमुख अहिराजले मुस्ताङमा विद्यार्थीलाई पढाउँदै कापी र कलम बाँडे « Khabarhub

प्रदेश प्रमुख अहिराजले मुस्ताङमा विद्यार्थीलाई पढाउँदै कापी र कलम बाँडे


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्ताहव्यापी देशदर्शन अभियानमा रहेका प्रदेश २ प्रमुख डा. राजेश अहिराजले मुस्ताङमा स्कूले बालबालिकाहरुसँग भलाकुसारी गरेका छन् ।

मुस्ताङको कागबेनीस्थित श्री जनशान्ति माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा १ का विद्यार्थीहरुसँग उनले रमाइलो गर्दै केही बेर पढाएका पनि थिए ।

प्रदेश प्रमुख अहिराजले बच्चाहरुसँग पढाईको कुरा गर्दै उनीहरुलाई देशको नाम उच्च राख्न प्रेरणा दिए । त्यस क्रममा प्रमुख अहिराजले विद्यार्थीहरुको शैक्षिक समस्याको बारेमा जानकारी लिर्दै कक्षा १ का सबै विद्यार्थीलाई कापी र कलम प्रदान गरे ।

त्यस अवसरमा प्रमुख अहिराजले ७७ वटै जिल्लाका सबै बालबालिका देशको अनमोल रत्न र भविष्य भएको बताए ।

यसैबीच प्रदेश प्रमुख अहिराज मुस्ताङ्गमा अवस्थित मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । आन्तरिक धार्मिक पर्यटनलाई बढाबा र प्रवद्र्धन गर्नुपर्ने उद्देश्यले हिमाल पारीका जिल्लाहरु भ्रमणमा रहेका प्रमुख अहिराजले देशभित्रका मठ–मन्दिरलगायत धार्मिकस्थलहरुको भ्रमणले आन्तरिक पर्यटन मजबुत हुनुका साथै आर्थिक उन्नति पनि हुने बताए ।

उनले नेपालका प्राकृतिक तथा धार्मिक सम्पदाहरुको विश्वभर प्रचार–प्रसार गराएर नेपाललाई धार्मिक पर्यटनको प्रधान केन्द्र बनाउन सकिनेमा जोड दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : ४५ बजे

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली