वागमती प्रदेश र प्रदेश १ मा मेघगर्जनसहित वर्षा, काठमाडौँको वायु प्रदूषण घट्दै | Khabarhub Khabarhub

वागमती प्रदेश र प्रदेश १ मा मेघगर्जनसहित वर्षा, काठमाडौँको वायु प्रदूषण घट्दै


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकासहित वागमती प्रदेश र प्रदेश– १ मा मेघ गर्जनसहित वर्षा भएको छ ।

स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीका कारण वागमती प्रदेश र प्रदेश १ मा मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो गण्डकी प्रदेशमा वर्षा भएको छ । उक्त प्रणाली पूर्वतर्फ सरेकाले बेलुकी वागमती र प्रदेश १ मा वर्षा भएको हो । हाल गण्डकी प्रदेशमा भने मौसम सफा रहेको छ ।

वागमती प्रदेश र प्रदेश १ मा अबको एक/डेढ घण्टासम्म वर्षा हुने महाशाखाले जनाएको छ ।

सामान्य वर्षा हुन थालेसँगै पछिल्लो केही दिनदेखि काठमाडौँ उपत्यकामा लागेको बाक्लो तुवालो हट्दै गएको छ । हावासँगै वर्षा भएकाले भोलि उपत्यकाको मौसम सफा रहने मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

‘वर्षा शुरू भएसँगै देशका विभिन्न भागमा लागेको डढेलोको कारण काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषण कम हुँदै गएको छ ।’ उनले भनिन्, ‘डढेलो बढ्यो र हावाको गति कम भयो भने फेरि वायु प्रदूषण बढ्न सक्छ ।’

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : १५ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको