तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ « Khabarhub

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले आज बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताए ।

वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, “एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।”

उनले गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताए ।

मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरको बताए ।

मुख्यमन्त्री गुरुङले भने,“समृद्धिका लागि जग बसालेका छौँ । थप नतिजा छिट्टै देखिन्छ ।” उनले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताए ।

ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनको भनाइ छ ।

मुख्यमन्त्री गुरुङले भने, “रु ३५ अर्बमध्ये २० अर्ब भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले खर्च गर्दै बढीभन्दा बढी प्राथमिकतामा दिँदै आइरहेको छ । गण्डकी प्रदेशमा पाँच लाख ७८ हजार घरधुरी रहेकामा यसै वर्षभित्र विद्युत् नपुगेका घरधुरीमा विद्युत् पुर्‍याउँछौँ । अर्को वर्ष आधारभूत खानेपानी नपुगेका सबै घरधुरीमा एक घर एक धारा पुग्छ।”

मुख्यमन्त्री गुरुङले बेँसीशहर नगरपालिकाले बेँसीशहर–१ स्थित प्रवेशद्वारमा निर्माण गरेको प्रवेशद्वार, उदिपुर–डिही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रदेश सरकार र स्थानीयवासीको सहकार्यमा निर्माण गरेको एक घर एक धारा र जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवनको एक दिन उद्घाटन गरेका थिए ।

तीनवटै आयोजनाको उद्घाटनपछि संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो ।

बेँसीशहर नगरपालिकाले करीब २२ लाखमा डुम्रे–बँेसीशहर सडक खण्डको उदिपुरमा प्रवेशद्वार निर्माण गरेको हो ।

त्यस्तै ६२३ घरधुरी लाभन्वित हुनेगरी निर्माण सम्पन्न भएको उदीपुर–डिही खानेपानी रु दुई करोड ९८ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो । त्यसैगरी जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवन रु ६८ लाख ३२ हजार ९९१ मा राष्ट्रिय प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लमजुङले निर्माण गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : १३ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा