निःशुल्क अक्सिजन वितरण गर्दै हाम्रो टिम नेपाल | Khabarhub Khabarhub

निःशुल्क अक्सिजन वितरण गर्दै हाम्रो टिम नेपाल


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पनि तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट दैनिक ५० भन्दा बढी नेपालीले ज्यान गुमाइरहेका छन् । शनिबार मात्रै पनि ५३ जनाको मृत्युभएको छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमणले मानिसका शरीरमा एकाएक अक्सिजनको मात्रा कम बनाउने र समयमै कृतिम अक्सिजनको जोह गर्न नसके बिरामीले मृत्युवरण गर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । जसका कारण नेपालसहित विभिन्न मुलुकमा अहिले अक्सिजनको अभाव देखिएको छ ।

कोरोना संक्रमितको उपचाररत अस्पतालले अक्सिजनको जोहो गर्न नसकेको गुनासो गरेसँगै अक्सिजनकै अभावमा बिरामीको ज्यान गुमाउनुपर्ने अवस्था नआओस भन्दै विभिन्न समूहले अहिले निःशुल्क अक्सिजन वितरणको काम थालेका छन् । यही अभियानमा जुटेको एक समूह हो, हाम्रो टिम नेपाल ।

यो टिमले काठमाडौँ उपत्यकाभरका अस्पतालहरुमा अक्सिजन अभावका कारण ज्यान गुमाने अवस्थामा पुगेका असहाय, निम्न आय भएका व्यक्तिलाई सहयोग गर्दै आएको छ ।

‘कुनै पनि मानिसले अक्सिजनकै अभावका कारण ज्यान गुमाउनु नपारोस भन्ने उद्देश्यका साथ हाम्रो टिम नेपालले निःशुल्क अक्सिजन वितरणको कामलाई अघि बढाएको छ,’ हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले भने ।

यो समुहरुले निम्न वर्गका मात्र नभएर अक्सिजन किन्न सक्नेहरुलाई पनि सहयोग गर्दै आइरहेको छ ।

अक्सिजन किन्न पैसा हुने तर कहाँ किन्ने, कसरी किन्ने भन्ने जानकारी नभएका र घरमा एक्लै भएर अक्सिजन किन्न जान नसक्ने कोरोना संक्रमितहरुलाई पनि यो समुहले निःशुल्क डेलिभरीको सेवा प्रदान गरिरहको अध्यक्ष पन्तले बताए ।

उनका अनुसार हाम्रो टिम नेपालले अक्सिजन किन्न सक्ने र नसक्ने दुवै समुहलाई सहयोग गर्दै आइरहेका छौँ ।

‘यो समूहले अक्सिजन किन्न सक्नेलाई निःशुल्क डेलिभरी गरेर सहयोग गरिरहेका छ भने निम्न वर्गका गरिबलाई निःशुल्क अक्सिजन वितरण गरेर सहयोग गरिरहेका छ ।’

त्यस्तै निजी र सरकारी अस्पतालहरुमा विरामीको अवस्था हेरेर डाक्टरको सिफारीसमा मात्र अक्सिजन वितरण गर्ने गरेको उनले बताए ।

यो समूहले अहिले दिनको २४ घण्टा नै सेवा दिइरहेको जनाएको छ । अध्यक्ष पन्तका अनुसार यो समुहले हटलाइन फोनमार्फत आएका समस्याहरुलाई विभिन्न समयको समूह बानाएर सहयोग गरिरहेको छ ।

 

यो समूहले निःशुल्क अक्सिजन वितरण गर्न लागेको ९ दिन पुरा भएको छ ।

९ दिनमा अक्सिजनको अभावका कारण छट्पटाइरहेका निम्न वर्गका १४३ जना कोरोना संक्रमितलाई निःशुल्क अक्सिजनका सिलिन्डर वितरण गरिसकेको छ । भने २५० भन्दा बढिलाई निःशुल्क अक्सिजन डेलिभरी गरिएको छ ।

निःशुल्क खाना पनि खुवाउँदै

हाम्रो टिम नेपालले अक्सिजनसँगै निःशुल्क खाना पनि खुवाउँदै आइरहेको छ । यो समूहले अघिल्लो वर्षका लकडाउन देखिनै खाना खुवाउँदै आएको अध्यक्ष पन्तले बताए ।

‘हामीले अघिल्लो वर्षको लकडाउन भएदेखि नै खाना खुवाइ रहेको छौँ’, उनले भने, ‘लकडाउनका कारण रोजगारी गुमेर सडकमा आएका सबैलाई केही समय खाना खुवाए पनि विस्तारै लकडाउन खुकुलो हुँदै गएपनि सडकमा हिड्न मनरोगीलाई मात्र खाना खुवाउन थालेका थियौँ । अहिले फेरि समस्यामा परेका सबैलाई खुवाउँदैछौँ ।’

त्यस्तै पछिल्लो समय कोरोना विरामी कुरुवाहरुलाई निःशुल्क खाना खुवाइरहको उनले जानकारी दिए ।

उनका अनुसार यो टिमले बाहिर जिल्लाबाट बिरामी लिएर आएका कुरुवा, निषेधाज्ञाका कारण गाडि नपाएर कोठा जान काठमाडौँ उपत्यकाका जुनसुकै अस्पतालका कुरुवाहरुलाई पनि निःशुल्क खान वितरण गरिरहेको छ ।

खानको लागि टिमको हटलाइन फोनहरुमा सम्पर्क गरेका उपत्यकाभित्रका जुनसुकै अस्पतालहरुमा पनि खाना पुर्याउने गरेका उनले बताए ।

निषेधाज्ञाले काम गुमाएका दैनिक ज्यालादारी गर्नेहरुलाई काठमाडौँ भक्तपुर ललितपुरमा फुट बैंकमार्फत खाना खुवाइ रहेको पनि उनले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : ३४ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही