ओली सरकारलाई बिदा गर्नुको विकल्प छैन : प्रचण्ड « Khabarhub

ओली सरकारलाई बिदा गर्नुको विकल्प छैन : प्रचण्ड


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई बिदा गर्नुको विकल्प नभएको बताएका छन् ।

अखिल भारत नेपाली एकता समाजले गरेको कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको नालायकी र प्रतिगमनतर्फको कदमका कारण उनलाई हटाउनुको विकल्प नरहेको बताएका हुन् ।

‘यो सरकार कोरोना नियन्त्रणमा मात्रै नालायक भएको होइन देशमा राजनीतिक निकास दिन समेत नालायक बनिसकेको छ । निरन्तर प्रतिगमनको यात्रातर्फ अघि बढेको ओली नेतृत्वको सरकार विस्थापन नै समाधान हो,’ उनले भने ।

प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउन आफूले निरन्तर विपक्षी गठबन्धनसँग छलफल गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : ३२ बजे

केपी ओलीपछि प्रचण्ड पनि ‘पब्लिक डिबेट’ मा उत्रिन तयार

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने