के हो कालोढुसी, कस्ता मानिस छन् जोखिममा ? | Khabarhub Khabarhub

के हो कालोढुसी, कस्ता मानिस छन् जोखिममा ?


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोभिड–१९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा अहिले केही मानिसमा पुष्टि भएको छ । यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकोले समयमा नै ध्यान पुर्‍याउनु आवश्यक छ । तर कालो ढुसी कोरोना संक्रमणजस्तो एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन ।

कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरू

– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने ।

– ज्वरो आउने ।

– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने ।

– आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।

– नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने ।

– दाँत दुख्ने वा हल्लिने ।

कस्ता व्यक्तिमा बढी जोखिम ?

– ४५ देखि ६५ उमेर समूह

– मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु

– धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरु

रोकथामका उपायहरु

– सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने

– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने

– व्यक्तिगत स्वच्छतामा ध्यान दिने

– घर बाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने ।

– धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने ।

– नुनिलो पानीले नाक सफा गर्ने

– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने ।

– जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने ।

– मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रणमा राख्ने ।

– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने ।

साभार : स्वास्थ्य खबरपत्रिकापुस्तकबाट

 

 

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ५ : ५५ बजे

निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ : अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

काठमाडौं- बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध