बढी मूल्य तिरेर खोप खरिद नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह | Khabarhub Khabarhub

बढी मूल्य तिरेर खोप खरिद नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलाई बढी मूल्य तिरेर खोप खरिद नगर्न आग्रह गरेको छ ।

संगठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरिद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ ।

‘मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेका छन् भन्‍ने सूचनाहरू पाएका छौँ । यो पक्कै पनि चिन्ताको बिषय हो । यसप्रति विश्वास स्वास्थ्य संगठनको ध्यानाकर्षण भएको छ,’ औषधि तथा स्वास्थ्य सामग्री पहुँचका लागि सहायक निर्देशक औषधि पहुँच प्रत्याभूत गर्न बनेको संगठनको समितिका महानिदेशकले मारियान्गेला बटिस्टा गलभाओ सिमाओले पत्रकार सम्मेलनमा भने ।

खोप किन्न मध्यस्थको भूमिकाको बिषयलाई संयुक्त अरब इमिरेट्समा हालै बिचौलियाले घाना र पाकिस्तानलाई स्पुतनिक खोपलाई वास्तविक मूल्यको दोब्बर मूल्य लिएर आपूर्ति गरेको समाचार बाहिरिएपछि संगठनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बिषयमा यसो नगर्न चेतावनी दिएको हो ।

सिमाओले कुनै पनि मसुलुकले खोप तथा स्वास्थ्य सामग्रीको खरीद् गर्दा कि त कम्पनीमा सिधै सम्पर्क गर्ने वा मध्यस्थकर्ता वैध हो वा होइन प्रष्ट भएर मात्रै काम गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

कोभिड खोप र स्वास्थ्य सामग्रीसँग जोडिएका यी बिषयमा धेरै भ्रम सिर्जना भएको अनेकौँ सामग्रीले स्वास्थ्य मापदण्ड अनुसार अनुसन्धान पूरा गरे नगरेको निश्चित गर्नको लागि निर्मातालाई सम्पर्क गर्नु बाञ्छनीय हुने उनले बताए । उनले प्रमाणित खोप तथा स्वास्थ्य सामग्रीको प्रयोग सङ्क्रमणविरूद्धको अभियानमा आवश्यक भएको पनि उनले बताए ।

नयाँ खोपहरू स्वीकृति दिन संगठनले प्रयोग गरेको आपतकालीन प्रयोग सूचीलाई उल्लेख गर्दै उनले भने, ‘कतिपय देशहरूले आपतकालिन प्रयोगका लागि अनुमतिको सूचीमा रहेका खोपहरूलाई अनसन्धान पूराभएपछि नतिजाका आधारमा स्थायी उपचार तथा रोकथामका लागि प्रक्रिया अघि बढाइनुपर्छ ।’

हालसम्म कोभिड-१९ को उपचारमा आपतकालिन प्रयोगका लागि डब्लुएचओले आठ खोपलाई मान्यता दिएको छ । सिनोफार्म र सिनोभ्याक विश्वका धेरै देशहरूमा वितरण भइसकेका दुई चिनियाँ खोप हुन् । (सिन्ह्वा)

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : २१ बजे

गुप्ताको राजीनामालगत्तै मन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको आरोप, बाहिरियो अडियो

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत