नेयरमारको गोलमा ब्राजिलको शानदार जित « Khabarhub

नेयरमारको गोलमा ब्राजिलको शानदार जित


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले फिफा विश्वकप छनौटमा लगातार छैटौँ जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २-० गोलले पराजित गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखेको हो ।

ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक/एक गोल गरे । खेलको चौथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए । जितसँगै ब्राजिल ६ खेलमा १८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ४० बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ