प्रहरीमाथि आक्रमण गरेको आरोपमा पाँच जना पक्राउ « Khabarhub

प्रहरीमाथि आक्रमण गरेको आरोपमा पाँच जना पक्राउ


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- चौकीमा पुगेर प्रहरीलाई आक्रमण गरेको आरोपमा धरानबाट ५ जना पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकीभित्रै गएर प्रहरीमाथि आक्रमण गरेको आरोपमा ५ जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका–३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बू, ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय रेगन लिम्बू रहेका छन् ।

गत जेठ १३ गते १० जनाको समूहसहित उनीहरुले प्रहरी चौकीभित्रै प्रहरीमाथि आक्रमण गरि फरार भएको आरोप छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकामध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका–५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी–४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो ।

उनीहरु उपर जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १२ : २५ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको