मेस्सीको उत्कृष्ट प्रदर्शनका बाबजुद बराबरीमा रोकियो अर्जेन्टिना « Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनका बाबजुद बराबरीमा रोकियो अर्जेन्टिना


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे पनि फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

कोलम्बियाविरुद्ध सुरुवाती ८ मिनेटमा दुई गोलको अग्रता लिएको अर्जेन्टिना त्यसलाई जोगाउन नसक्दा अंक बाढ्न बाध्य भयो ।

खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । आठौँ मिनेटमा लिन्ड्रो डानिल पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।

तर, खेलेको ५१ मिनेटमा लुइस मुरीएलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई २-२ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसँगै अर्जेन्टिनाले ६ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । कोलम्बिया ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १२ : १० बजे

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज