चुरे संरक्षण गर्ने नीति ल्याउन प्रदेश २ का सांसदको माग | Khabarhub Khabarhub

चुरे संरक्षण गर्ने नीति ल्याउन प्रदेश २ का सांसदको माग


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रेदश २ को प्रदेशसभा सदस्यहरूले चुरे संरक्षण सम्बन्धी नीति र योजना ल्याउन माग गरेका छन् । बुधबार प्रदेशसभामा भएको प्रि–बजेट छलफलमा सांसदहरूले चुरे संरक्षण सम्बन्धी ठोस योजना र कडा नीति ल्याउन माग गरेका हुन् ।

गत सोमबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ प्रस्तुत गरेका थिए । मंगलबार सशर्त अनुदानको विषयमा तीन प्रतिपक्षी दलका सांसदले सदन अवरुद्ध गरेका कारण विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिमाथि छलफल हुन सकेको थिएन । बुधबार मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सदन सुचारु भएको हो । सदनमा सांसदहरूले चुरेमा केन्द्र सरकारको गिद्दे नजर परेको भन्दै प्रदेशले यसको बचाउ गर्नुपर्नेमा जोड दिए ।

सत्तारुढ दल जसपाका सांसद रामअशिष यादवले विनियोजन विधेयकमा चुरे बचाउने नीति छुटेको भन्दै मुख्यमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण । चुरे जंगल मात्रै नभएको भन्दै चुरे मधेशको स्वभिमान, अभिमान र संस्कृति भएको हुनाले प्रदेश सरकारले यसलाई बचाउन ठोस योजना ल्याउनु पर्ने उनले बताए । संघीय सरकारले नीतिगत रुपमा दोहन गरिरहेको भन्दै केन्द्रको दृष्टीले अन्नको भण्डारमा प्रहार गरेको उनले तर्क गरे । प्रदेश सरकारले चुरेमाथि नीतिगत रुपमा काम गर्नु पर्ने भन्दै ठोस योजना अगामी आर्थिक वर्षमा समावेश गर्न उनले माग गरे।

प्रतिपक्षी दल नेकपा एमालेका सांसद किशोरी साह (कमल) ले चुरे क्षेत्रमा भइरहेको उत्खनन् प्रति सरकारको ध्यानकर्षण गराए । अनियन्त्रित दोहन रोक्नु पर्ने भन्दै नदीलाई पनि व्यवस्थित गर्नु पर्ने बताए ।

नेकपा माओवादी केन्द्रका सांसद दिलिपकुमार साहले कृषि र चुरे छुट्याउन नसक्ने भन्दै दुवैसँग मिल्दोजुल्दो योजना ल्याउन माग गरे । भूमिगत सिंचाईको योजना प्राथमितामा राखे चुरे संरक्षण हुने उल्लेख गरे । चुरे र कृषि लाइफलाइन रहेको भन्दै चुरे क्षेत्रमा अनियन्त्रित रूपमा बगिरहेको पानीलाई पनि व्यवस्थित गर्नु पर्ने बताए ।

नेकपा ऐमालेका सांसद गोविन्दबहादुर न्यौपानेले सरकार कोरोना नियन्त्रयणमा मात्रै केन्द्रीत भएको भन्दै आपत्ति जनाए । कारोनामै सबै बजेट राखेर समृद्धि हासिल नहुने भन्दै ठोस योजना ल्याउन सरकारलाई सुझाए ।
नेपाली काँग्रेसका सांसद शिचन्द्र चौधरीले अगामी वर्षको बजेट कोरोना केन्द्रीत रहेको चर्चा गरे । वैदेशिक रोगारी बाट फर्किएकोलाई रोजगारी दिने उल्लेख गरिए पनि रोजगारी सिर्जना गर्ने योजना र आधार नदेखिएको बताए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : १५ बजे

लगातार बढ्दैछ अमेरिकी डलर : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

पाकिस्तानविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाको क्लिन स्विप

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टेस्ट शृङ्खला क्लिन स्विप गरेको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल पुस २३ गते मंगलबार तदनुसार

आज २०८१ साल पुस २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २३ गते मंगलबार तदनुसार

क्यानडाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएका छन् ।