पर्यटनमन्त्री अरगरियाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन « Khabarhub

पर्यटनमन्त्री अरगरियाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

बुधबार विमानस्थल पुगेर मन्त्री अरगरियाले विमानस्थलको संरचना र सुधारका लागि भएका प्रयास बारेमा जानकारी लिए । त्यस्तै उनले विमानस्थलको रन वे र पार्किङ क्षेत्रको पनि निरक्षण गरेका छन् ।

विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै शौचालयलगायत समग्र सरसफाइका बारेमा पनि उनले चासो व्यक्त गरे । अनुगमनका क्रममा मन्त्री अरगरियाले यात्रुहरुलाई सहज हुने गरी व्यवस्थापनलाई चूस्तदुरुस्त राख्न निर्देशन दिए ।

विमानस्थल पहिलेको भन्दै धेरै नै सुधार भएको भन्दै उनले केही कमीकमजोरीलाई पनि समाधान गर्दै अघि बढ्ने धारणा राखे । उनले सरसफाइका लागि पनि २४ घण्टा नै जनशक्ति व्यवस्थापन गरिने जानकारी दिए ।

उनले विमानस्थलको समग्र सुधार र व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर अघि बढ्ने जानकारी दिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ८ : ०३ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी