दल दर्ता खारेजीको निवेदनमाथिको प्रगति बुझ्न पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा « Khabarhub

दल दर्ता खारेजीको निवेदनमाथिको प्रगति बुझ्न पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएका पूर्वमाओवादी नेताहरू आफूले दिएको निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगेका छन् ।

टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू ११ बजे निर्वाचन आयोग पुगेका हुन् । लेखराज भट्ट भने अस्वस्थ भएका कारण नगएको बताइएको छ ।

अधिवक्ता सरोज बुढाथोकीमार्फत बुधबार उनीहरूले माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए ।

आयोगमा भइरहेको निवेदनमाथिको कारवाही बुझ्न आफूहरू गएको नेता लिलबहादुर थापाले बताए ।

एमालेमा प्रवेश गरेसँगै माओवादीले कारवाही गर्दा उनीहरूको सांसद पद खारेज भएको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १२ : ४१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी