विवादित विषयमा ‘अन्तिम टुंगो’ लगाउन एमाले कार्यदलको बैठक शुरू | Khabarhub Khabarhub

विवादित विषयमा ‘अन्तिम टुंगो’ लगाउन एमाले कार्यदलको बैठक शुरू


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरू भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको हो । नेताहरू आन्तरिक छलफलमा व्यस्त भएकाले बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही घण्टा ढिला शुरू भएको हो ।

आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तयार गरेको सहमतिको मस्यौदा प्रस्तुत गरिने बताइएको छ ।

पछिल्ला केही दिन यताको लगातारको बैठकमा छलफल ‘सकारात्मक’ भनिए पनि ठोस निष्कर्ष निस्किन सकेको छैन । कार्यदल सदस्यहरु विगत चार दिनदेखि निरन्तर छलफलमा जुटिरहेका छन् ।

अन्तिम निष्कर्ष निकाल्ने भन्दै सिंहदरबारमा बिहीबार (हिजो) कार्यदलको बैठक दुईपटक बसे पनि निष्कर्षविहीन बन्यो । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलकै सदस्यहरूले जनाएका छन् ।

अध्यक्ष ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा पार्टी सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बन्ने स्थिति सिर्जना भएको हो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णुप्रसाद रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट डा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त रहेका छन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : ४७ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक