निर्वाचन आयोगलाई पूर्व माओवादी नेताहरुले भने : हाम्रो निवेदनमा छिटो निर्णय होस् « Khabarhub

निर्वाचन आयोगलाई पूर्व माओवादी नेताहरुले भने : हाम्रो निवेदनमा छिटो निर्णय होस्


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरुले आफूहरूको माग छिटो सम्बोधन गर्न आग्रह गरेका छन् ।

शुक्रबार पूर्व माओवादी नेता टोपबहादुर रायमाझी लगायतका नेताहरु निर्वाचन आयोग पुगेर खारेजीको निवेदनमा छिटो निर्णय गर्न माग गरेका हुन् ।

माओवादी पार्टी मनपरी ढंगले चलिरहेको हुनाले छिटोभन्दा छिटो निर्वाचन आयोगले खारेज गर्नुपर्ने उनले बताए । उनले तोकिएको समयमा महाधिवशेन नगरेर माओवादी पार्टी अवैधानिक भएको भन्दै अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारवाही गर्नु असंवैधानिक रहेको जिकिर गरे ।

पार्टी विधानविपरीत अनुशासनहीन र मनपरी ढंगले चलिरहेको हुनाले नियमानुसार अवैध पार्टी खारेज हुनुपर्ने उनको भनाइ छ ।

माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको लागि पूर्वमाओवादी नेताहरुले बुधवार आयोगमा निवेदन दिएका थिए । निवेदनमा २०७१ देखि माओवादी केन्द्रको महाधिवेशन नभएको दाबी गरिएको छ । दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले थालेको प्रक्रियाका बारेमा जानकारी लिन रायमाझी, मणि थापा, प्रभु साह लगायतका नेताहरु आयोग पुगेका थिए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : २४ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी