कास्कीमा पुनः दश दिन निषेधाज्ञा थप | Khabarhub Khabarhub

कास्कीमा पुनः दश दिन निषेधाज्ञा थप


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीमा साउन ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ को सङ्क्रमणदर र मृत्युदरमा केही कमी आएको भए पनि अपेक्षाकृत नियन्त्रणमा आइनसकेको कारण जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा अवधि १० दिन थप गरेको हो ।

यही असार २५ गते राति १२ बजेबाट लागू हुने गरी थप गरिएको निषेधाज्ञामा जिल्ला भित्र मात्र जोरबिजोरअनुसार सार्वजनिक सवारी साधान सञ्चालन हुनेछन् भने विभिन्न पेशा व्यवसाय तथा पसल बिहान ५ देखि साँझ ८ बजेसम्म खुल्ने भएका छन् ।

निजी सवारी साधन अहिले जस्तै जोरबिजोरका आधारमा सञ्चालन हुने छन् भने सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले यस अघि जस्तै सिनेमा हल, पार्र्टी प्यालेस, होटल तथा रेष्टुरेण्ट, चिया तथा खाजा पसल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर स्पा, स्वीमिङपुल, व्यूटीपार्लर, शैलुन र फुटपाथ पसल लगायतका सेवा एवं स्थल खोल्न तथा सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार माथि उल्लेखित बाहेकका व्यवसाय, अत्यावश्यक दैनिक उपभोग्य खाद्यन्न सामग्रीका पसल, तरकारी, पानी फलफुललगायत पसल बिहान ५ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइने छ । जिल्ला प्रशासन कार्यालयले यसअघि कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : ०१ बजे

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर