'कोभिशिल्ड' खोप लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिइँदै | Khabarhub Khabarhub

‘कोभिशिल्ड’ खोप लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिइँदै


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका ज्येष्ठ नागरिकलाई सरकारले आजदेखि साउन ३१ गतेसम्म दोस्रो डोज खोप उपलब्ध गराउँदैछ ।

दोस्रो मात्राको प्रतीक्षामा रहेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई एष्ट्राजेनेका खोप दिन लागेको हो ।

अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकास गरिएको र भारतमा उत्पादन गरिएको कोभिशील्ड खोपको दोस्रो मात्रा लगाउन १३ लाख ६४ हजार ज्येष्ठ नागरिक प्रतीक्षामा थिए ।

फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा खोप लगाएका ती ज्येष्ठ नागरिकले करिब २३ हप्तापछि दोस्रो मात्रा खोप लगाउन लागेका हुन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले खोपको पहिलो र दोस्रो मात्रा आठदेखि १२ हप्ताको अन्तरमा लगाउनुपर्ने सुझाव दिँदै आए पनि एउटै खालको खोप उपलब्ध नहुँदा ज्येष्ठ नागरिकलाई ढिलो गरी खोप दिइन लागिएको हो ।

तथापि एउटा पछिल्लो अध्ययनले ४५ हप्ताको अन्तरमा खोप लगाउँदा त्यसले अझ प्रभावकारी प्रतिरोधी प्रणाली उत्पन्न गराउने जनाइएकाले अहिले दिइने खोप पनि प्रभावकारी हुने सरकारी अधिकारीहरुको विश्वास छ ।

कोरोनाविरुद्धको ५ लाख १३ हजार ४ सय २० मात्रा एष्ट्राजेनेका खोप सरकारले पाँच प्रदेशमा पठाइसकेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा आइतबार खोप पठाईएको र पुग्न दुई दिन लाग्ने भएकाले बुधबारदेखि ती प्रदेशमा लगाउन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापान सरकारले कोभ्याक्स मार्फत अनुदानमा दिएको १६ लाख ऐष्ट्राजेनेका खोपमध्ये पहिलो चरणमा ल्याउन बाँकी २ लाख ८७ हजार मात्रा खोप आज ल्याइँदैछ । दोस्रो चरणमा जापानले दिएको बाँकी ८ लाख मात्रा खोप चाडै ल्याइने मन्त्रालयले जनाएको छ ।

दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : ५५ बजे

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक

यी प्रदेशमा आजै रातिदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

झापा – भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज