थुम्केलीले ल्याए ‘कलाकार जीवनवृत्त’ | Khabarhub Khabarhub

थुम्केलीले ल्याए ‘कलाकार जीवनवृत्त’


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ सार्वजनिक भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आइतबार उक्त कृतिको विमोचन गरे ।

उनले राजनीति, साहित्य लगायतका विधामा धेरै लेखक सक्रिय रहे पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको बताए । उनले कलालेखनमा लेखकलाई प्रोत्साहित गर्न लेखक र कला पत्रकारलाई बर्षेनी प्रतिष्ठानले सम्मान गर्दै आएको जनाए । ‘कलाकारका सिर्जनालाई दस्तावेजका रुपमा सग्रह गर्न प्रतिष्ठानले प्रयास गर्दै तथा पुस्तक प्रकाशन गर्दै आएको छ । आगामी दिनमा कला र कलाकारका बारेमा प्रतिष्ठानले यो कामलाई अझै व्यवस्थित ढंगले निरन्तरता दिँदै जानेछ,’ उनले भने ।

प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले कला विषयका प्रकाशन जति धेरै गर्न सके त्यो कलाक्षेत्रकै लागि महत्वपूर्ण हुने धारणा राखे । उनले प्रतिष्ठानले कलालेखन तथा अनुसन्धानका कामलाई महत्व दिएको बताए ।

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले ओझेलमा परेको थाङ्का र पौभा कला र कलाकारका बारेमा पुस्तक आउनु सराहनीय कार्य भएको बताए । उनले प्रज्ञा प्रतिष्ठानले नेपाली कलाकारका बारेमा अझ खोज र अनुसन्धान गराई लुकेर रहेका प्रतिभाशाली कलाकारको दस्तावेजीकरणसँगै योगदानको उचित मूल्यांकन गर्नुपर्ने विचार व्यक्त गरे ।

समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि टिप्पणी गर्दै नेपाली कला इतिहासलाई व्यवस्थित ढंगले लेख्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । उनले प्रमाणिक रुपमा नेपालमा १ हजार वर्षभन्दा पुरानो चित्रकलाको परम्परा रहेको जनाउँदै कलाको सही र व्यवस्थित ढंगले दस्तावेजीकरण नहुँदा सयौं अज्ञात कलाकारको योगदानलाई सम्झन नसकिएको बताए ।

प्रतिष्ठानका परम्परागत तथा शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धि गुरुङले नेपाली परम्परागत कलाकारका बारेमा कमैमात्र अनुसन्धान र खोज भइरहेको जिकिर गर्दै यसको विकास, प्रसार प्रसार, प्रवद्र्धन तथा संवद्र्धनमा प्रतिष्ठानले काम गर्दै आएको बताए । उनले नेपाली परम्परागत कलाको व्यापक प्रचार प्रसारका लागि प्रतिष्ठानले देशैभरि विभिन्न कार्यशाला र प्रदर्शनीको आयोजना गर्दै आएको धारणा राखे ।

पुस्तक लेखनका क्रममा कोरोना महामारीका कारण निकै कठिनाइको सामना गर्नुपरेको सुनाउँदै पुस्तकका लेखक थुम्केलीले आगामी दिनमा छुटेका र प्रतिभाशाली कलाकारलाई बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरे । विमोचित पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको हो । १७२ पृष्ठको उक्त पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारको जीवनीलाई समेटिएको छ ।

कलाकार मानबहादुर दोङ, वाङ्छु मोक्तान लामा ‘आरके’, लालमान लामा, निमा लामा, भीमबहादुर लामा, होमबहादुर लामा, सुरेन्द्रमान शाक्य, सुन्दर सिंख्वाल, फूर्नाम्गेल मोक्तान, झिग्मे तामाङ ‘मुगुम झिग्मे’, अशोक लामा र पाल्साङ्मो लामाको जीवनी, कलागत प्रवृत्ति तथा कृतित्वको चर्चा गरिएको छ । पुस्तकमा कलाकारको जीवनीसँगै कलाकारका रंगीन चित्रसमेत समावेश गरिएको छ । पुस्तकको मुल्य ३०० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १ : १५ बजे

सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन