थुम्केलीले ल्याए ‘कलाकार जीवनवृत्त’ « Khabarhub

थुम्केलीले ल्याए ‘कलाकार जीवनवृत्त’


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ सार्वजनिक भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आइतबार उक्त कृतिको विमोचन गरे ।

उनले राजनीति, साहित्य लगायतका विधामा धेरै लेखक सक्रिय रहे पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको बताए । उनले कलालेखनमा लेखकलाई प्रोत्साहित गर्न लेखक र कला पत्रकारलाई बर्षेनी प्रतिष्ठानले सम्मान गर्दै आएको जनाए । ‘कलाकारका सिर्जनालाई दस्तावेजका रुपमा सग्रह गर्न प्रतिष्ठानले प्रयास गर्दै तथा पुस्तक प्रकाशन गर्दै आएको छ । आगामी दिनमा कला र कलाकारका बारेमा प्रतिष्ठानले यो कामलाई अझै व्यवस्थित ढंगले निरन्तरता दिँदै जानेछ,’ उनले भने ।

प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले कला विषयका प्रकाशन जति धेरै गर्न सके त्यो कलाक्षेत्रकै लागि महत्वपूर्ण हुने धारणा राखे । उनले प्रतिष्ठानले कलालेखन तथा अनुसन्धानका कामलाई महत्व दिएको बताए ।

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले ओझेलमा परेको थाङ्का र पौभा कला र कलाकारका बारेमा पुस्तक आउनु सराहनीय कार्य भएको बताए । उनले प्रज्ञा प्रतिष्ठानले नेपाली कलाकारका बारेमा अझ खोज र अनुसन्धान गराई लुकेर रहेका प्रतिभाशाली कलाकारको दस्तावेजीकरणसँगै योगदानको उचित मूल्यांकन गर्नुपर्ने विचार व्यक्त गरे ।

समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि टिप्पणी गर्दै नेपाली कला इतिहासलाई व्यवस्थित ढंगले लेख्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । उनले प्रमाणिक रुपमा नेपालमा १ हजार वर्षभन्दा पुरानो चित्रकलाको परम्परा रहेको जनाउँदै कलाको सही र व्यवस्थित ढंगले दस्तावेजीकरण नहुँदा सयौं अज्ञात कलाकारको योगदानलाई सम्झन नसकिएको बताए ।

प्रतिष्ठानका परम्परागत तथा शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धि गुरुङले नेपाली परम्परागत कलाकारका बारेमा कमैमात्र अनुसन्धान र खोज भइरहेको जिकिर गर्दै यसको विकास, प्रसार प्रसार, प्रवद्र्धन तथा संवद्र्धनमा प्रतिष्ठानले काम गर्दै आएको बताए । उनले नेपाली परम्परागत कलाको व्यापक प्रचार प्रसारका लागि प्रतिष्ठानले देशैभरि विभिन्न कार्यशाला र प्रदर्शनीको आयोजना गर्दै आएको धारणा राखे ।

पुस्तक लेखनका क्रममा कोरोना महामारीका कारण निकै कठिनाइको सामना गर्नुपरेको सुनाउँदै पुस्तकका लेखक थुम्केलीले आगामी दिनमा छुटेका र प्रतिभाशाली कलाकारलाई बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरे । विमोचित पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको हो । १७२ पृष्ठको उक्त पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारको जीवनीलाई समेटिएको छ ।

कलाकार मानबहादुर दोङ, वाङ्छु मोक्तान लामा ‘आरके’, लालमान लामा, निमा लामा, भीमबहादुर लामा, होमबहादुर लामा, सुरेन्द्रमान शाक्य, सुन्दर सिंख्वाल, फूर्नाम्गेल मोक्तान, झिग्मे तामाङ ‘मुगुम झिग्मे’, अशोक लामा र पाल्साङ्मो लामाको जीवनी, कलागत प्रवृत्ति तथा कृतित्वको चर्चा गरिएको छ । पुस्तकमा कलाकारको जीवनीसँगै कलाकारका रंगीन चित्रसमेत समावेश गरिएको छ । पुस्तकको मुल्य ३०० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १ : १५ बजे

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वत- यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च

चालू आर्थिक वर्षभित्रै सक्नेगरी यातायात विभाग र मुद्रण केन्द्रबीच १७ लाख लाइसेन्स छाप्ने सम्झौता

काठमाडौं- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १७ लाख