१.४७ अंकले नेप्से बढ्दा १४ अर्ब १३ करोडमाथिको कारोबार « Khabarhub

१.४७ अंकले नेप्से बढ्दा १४ अर्ब १३ करोडमाथिको कारोबार


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३,१०९ दशमलव ६० को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२४ वटा कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ६७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ५८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको ५३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको ५० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ४२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ

त्यस्तै, आज आइसीएफसी फाइनान्स कम्पनी, कपोैरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, यूनियन हाइड्रोपावर, जीवन बिकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

एसबिएल डिबेञ्चरका इकार्ईले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : १० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले