परीक्षा केन्द्रमै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग « Khabarhub

परीक्षा केन्द्रमै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच विद्यार्थी संगठनले विद्यार्थीलाई देशका सबै परीक्षा केन्द्र र तोकिएका स्थानमा प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् ।

सोमबार संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई प्रवेश पत्र देखाएर परीक्षा केन्द्र तथा तोकिएका स्थानहरूमा खोप लगाउने व्यवस्था मिलाउन माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– ‘त्रिविले रोकिएका परीक्षाहरु सञ्चालन गरिरहेको र अन्य केही विश्वविद्यालयको पनि परीक्षा चालु रहेको र केही तयारीमा रहेको अवस्थामा परीक्षा सञ्चालनको लागि परिचालन गरिने विश्वविद्यालयको जनशक्ति र विद्यार्थीहरुलाई खोप लगाएर मात्र परीक्षा सुचारु गर्न माग गरेका थियौं । ‘

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले देशभरका विद्यार्थीहरुलाई खोप नलगाएको र स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमणको जोखिम बढेको बताएका छन् । यसकै कारण विद्यार्थीहरुमा मानसिक तनाव समेत थपिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ३० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत