कस्तो तिज आयो बरिलै ! « Khabarhub

कस्तो तिज आयो बरिलै !



म बीच बाटोमा ठिङ्ग उभिएकी छु

एउटा किनारमा

रातो साडी लगाएर

‘तिजको रहर आयो बरिलै’

गीत गाउँदै नाचिरहेका

दिदीबहिनीहरूको रमाइलो

अर्को किनारमा

सेतो कपडामा बेरिएर

छाती पिटी पिटी

रोइरहेकाहरूको पिडा

उफ् !

न त रमाउनेहरूको भिडमा जान सक्छु

न त रुनेहरूकोमा

निरीह भएर आज म

बीच बाटोमा ठिङ्ग उभिएकी छु

अगाडि एउटा प्रख्यात मन्दिर छ

म देख्दैछु

मन्दिरमा तँछाड मछाड गरिरहेका

दिदीबहिनीहरूको अचम्मको आस्था

सन्की लोग्नेले पिटेका दागहरू छोप्दै

त्यही लोग्नेको नाममा

पानी पनि नखाई ब्रत बस्नेहरूको

सिन्दुर, पोते र चुराप्रतिको

उदेक लाग्दो विश्वास

अनि

टन्टलापुर घाममा

ससाना बालबच्चाहरू च्यापेर

थोत्रो र मैलो लुगामा

फूलप्रसाद, फलफूल र पोलेको मकै

बेच्दै गरेका दिदीबहिनीहरूको चटारो

अझ त्यही मन्दिरको पेटीलाई नै

घर र तिनै तँछाड मछाड गरिरहेका

भक्तजनहरूलाई नै भगवान मान्दै

मन्दिरको एक कुनामा बसिरहेका

बेसाहारा साना नानीहरू

र, भिख मागिरहेका

बुढी आमाहरूका हातहरू

कामिरहेका स्वरहरू

र आशले हेरिरहेका आँखाहरू

लाग्छ,

आजको दिनले यी सबैलाई

चारैतिरबाट गिज्याइरहेको छ

र, आफैँलाई सोध्दैछ

तिज साँच्चै नारीको महान चाड हो ?

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : २० बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक