कस्तो तिज आयो बरिलै ! « Khabarhub

कस्तो तिज आयो बरिलै !



म बीच बाटोमा ठिङ्ग उभिएकी छु

एउटा किनारमा

रातो साडी लगाएर

‘तिजको रहर आयो बरिलै’

गीत गाउँदै नाचिरहेका

दिदीबहिनीहरूको रमाइलो

अर्को किनारमा

सेतो कपडामा बेरिएर

छाती पिटी पिटी

रोइरहेकाहरूको पिडा

उफ् !

न त रमाउनेहरूको भिडमा जान सक्छु

न त रुनेहरूकोमा

निरीह भएर आज म

बीच बाटोमा ठिङ्ग उभिएकी छु

अगाडि एउटा प्रख्यात मन्दिर छ

म देख्दैछु

मन्दिरमा तँछाड मछाड गरिरहेका

दिदीबहिनीहरूको अचम्मको आस्था

सन्की लोग्नेले पिटेका दागहरू छोप्दै

त्यही लोग्नेको नाममा

पानी पनि नखाई ब्रत बस्नेहरूको

सिन्दुर, पोते र चुराप्रतिको

उदेक लाग्दो विश्वास

अनि

टन्टलापुर घाममा

ससाना बालबच्चाहरू च्यापेर

थोत्रो र मैलो लुगामा

फूलप्रसाद, फलफूल र पोलेको मकै

बेच्दै गरेका दिदीबहिनीहरूको चटारो

अझ त्यही मन्दिरको पेटीलाई नै

घर र तिनै तँछाड मछाड गरिरहेका

भक्तजनहरूलाई नै भगवान मान्दै

मन्दिरको एक कुनामा बसिरहेका

बेसाहारा साना नानीहरू

र, भिख मागिरहेका

बुढी आमाहरूका हातहरू

कामिरहेका स्वरहरू

र आशले हेरिरहेका आँखाहरू

लाग्छ,

आजको दिनले यी सबैलाई

चारैतिरबाट गिज्याइरहेको छ

र, आफैँलाई सोध्दैछ

तिज साँच्चै नारीको महान चाड हो ?

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ७ : २० बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले