विश्वभर ४६ लाखभन्दा बढी संक्रमितको मृत्यु, एक लाख संक्रमित सिकिस्त « Khabarhub

विश्वभर ४६ लाखभन्दा बढी संक्रमितको मृत्यु, एक लाख संक्रमित सिकिस्त


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना भाइसको संक्रमणले मृत्यु हुनेको संख्या ४६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ६९३ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४६ लाख ८ हजार ६९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ९५ हजार ७६१ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २२ करोड ३३ लाख ७५ हजार ८८९ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८८ लाख ७८ हजार १७५ छ । यसमध्ये १ लाख ३ हजार ९९१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ९८ लाख ८९ हजार २३ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५७ हजार ४९६ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ६९५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ७१ हजार १५३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ८४ हजार ४५८ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । भारतमा बिहीबार बिहानसम्म ४ लाख ४१ हजार ७८२ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : ३१ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा