विश्वभर ४६ लाखभन्दा बढी संक्रमितको मृत्यु, एक लाख संक्रमित सिकिस्त | Khabarhub Khabarhub

विश्वभर ४६ लाखभन्दा बढी संक्रमितको मृत्यु, एक लाख संक्रमित सिकिस्त


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना भाइसको संक्रमणले मृत्यु हुनेको संख्या ४६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ६९३ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४६ लाख ८ हजार ६९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ९५ हजार ७६१ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २२ करोड ३३ लाख ७५ हजार ८८९ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८८ लाख ७८ हजार १७५ छ । यसमध्ये १ लाख ३ हजार ९९१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ९८ लाख ८९ हजार २३ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५७ हजार ४९६ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ६९५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ७१ हजार १५३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ८४ हजार ४५८ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । भारतमा बिहीबार बिहानसम्म ४ लाख ४१ हजार ७८२ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : ३१ बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्