देश छाड्नुको कारण बताउँदै अफगानिस्तानका पूर्वराष्ट्रपति घानीले मागे माफी « Khabarhub

देश छाड्नुको कारण बताउँदै अफगानिस्तानका पूर्वराष्ट्रपति घानीले मागे माफी


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीले देश छाड्नुको कारण बताउँदै अफगानी जनतासँग माफी मागेका छन् ।

तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति गनी भागेर संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका थिए ।

देश छोडेर गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गनीको आलोचना भइरहेका बेला उनले एक विज्ञप्ति निकालेर माफी मागेका हुन् ।

जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर राजधानी काबुलमा थप हिंसा नहोस् भनेर नै दोस्रो मुलुक गएको उनको भनाइ छ ।

अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर कुम्ल्याएर देश छाडेको आरोप भने उनले अस्वीकार गरेका छन् । काबुल छोड्दा घानीले लाखौं डलर रकम सुटकेसमा राखेर लगेको भनिएको एउटा भिडियो ‘भाइरल’ भएको थियो ।

घानीले तालिबान सरकारबारे कुनै टिप्पणी गरेका छैनन् । अमेरिकाका विश्वासपात्र घानी सन् २०१४ र सन् २०१९ मा गरी दुई पटक अफगानिस्तानको राष्ट्रपति भएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ८ : ५५ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा