‘बीपी कोइरालाको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’ « Khabarhub

‘बीपी कोइरालाको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’


२४ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् ।

जननायक बीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश दिँदै उनले स्व कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर समीक्षाको विषय बन्नुपर्ने बताएका हुन् ।

महामन्त्री डा.कोइरालाले काँग्रेसको १४औँ महाधिवेशने प्रक्रिया सञ्चालन भइरहेको अहिलेको महत्वपूर्ण समयमा स्व कोइरालाको स्मरण गरिरहँदा पार्टीलाई थप एकता, विश्वास एवम् लोकतान्त्रिक अभ्यासको बाटोमा अग्रसर गराएर मुलुकको राजनीतिलाई सही गति दिँदै ‘सुखी र समृद्ध नेपाल’ निर्माण गर्न सकेमात्र उनीप्रति श्रद्धाञ्जलि हुने बताएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ११ : ०५ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को