प्रधानसेनापति शर्माले लिए पद तथा गोपनीयताको शपथ « Khabarhub

प्रधानसेनापति शर्माले लिए पद तथा गोपनीयताको शपथ


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शीतल निवासमा आयोजित एक समारोहकाबीच शपथ ग्रहण गरेका छन् । शर्मालाई राष्ट्रपति भण्डारीले दर्ज्यानी चिह्न लगाइदिएकी छन् ।

नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले गत भदौ ११ गते शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापति नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शर्मालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

शर्मा २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहेर काम गर्नेछन् ।

तस्वीर : रासस

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : ०५ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन