हरितालिका तीजको अवसरमा घरघरमा पूजा « Khabarhub

हरितालिका तीजको अवसरमा घरघरमा पूजा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाइँदैछ । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।

हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

आजको दिन भगवान शिवको पूजा आरधना गरी नाचगान गर्ने चलन छ, भने निर्जला व्रत वसी शिव–पार्वतीको पूजा– उपासना गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास पनि रहेको छ । साथै आजकै दिन सत्ययुगमा निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास समेत रहेको छ ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

कोरोना कहरकै बिच भाद्र शुक्ल तृतीयाका दिनमा मनाईने यस हरितालीका तीज पर्व यसबर्ष घरमै महादेवको पूजा आरधना गरि मनाईँदै छ । दिनभर निराहार ब्रत बसि नाचगान गरी रमाउने गर्ने र तीजकै अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । हिजो दर खाएर औपचारकि रुपमा सुरु भएको तीज ऋषि पञ्चमीसम्म मनाउने परम्परा रहेको छ ।

मुलुकमा जारी निषेधाज्ञाका कारण यसवर्षको तीज भने सुनसान नै रहेको छ । नेपालभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण निषेधाज्ञा जारी गरेकाले सबैले आ–आफ्नै घरमा तीज मनाउँदै छन् ।

पशुपतिनाथ लगाएत मुलुकका विभिन्न सिवालय मन्दिरहरु पनि आज सुनससान नै छन् । सरकारले एकैठाउँमा धेरै जना जम्मा हुन निषेध गरेकाले यसवर्षको तीजमा ब्रतालु महिलाहरु घर बाहिर गएर नाच्ने अवस्था छैन ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ११ : ४६ बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका