तीजको व्रत बस्दा ध्यान दिनपर्ने कुरा « Khabarhub

तीजको व्रत बस्दा ध्यान दिनपर्ने कुरा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी आज बिहिबार हरितालिका तीज मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्व अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तीजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।

पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ । धेरै कमले मात्र निराहार व्रत बस्ने गरेका छन् । तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली पनि कोरोना कहरका कारण व्रत बस्ने देखि गरिने अन्य क्रियालापमै असर परेको छ ।

तीजमा व्रत बस्दा पनि केहि कुरामा ध्यान दिनुपर्ने हुन्छ । व्रत बस्दा ध्यान दिइएन भने ज्यानै जान पनि सक्छ । अघिल्ला वर्षहरूमा तीजमा व्रत बस्दा केहि महिलाहरूको ज्यान समेत गएको थियो । विशेष गरी सुगर र प्रेसरका रोगीहरूले व्रत बस्दा उनीहरूलाई खतरा हुन्छ । नियमित औषधि प्रयोग गर्ने महिलाहरूले व्रतको दिन औषधी समेत नखाँदा उनीहरूको स्वास्थ्यस्थितिमा नराम्रो असर समेत आउन सक्छ ।

कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने ?
– नियमित औषधी प्रयोग गर्ने महिलाकालागि तीजको निराहार व्रत उपयुक्त हुँदैन ।

– पानी नखाइ व्रत बस्दा ज्यान पनि जान सक्छ, त्यसैले व्रतमा पानी पिउदा हुन्छ ।

– भोकै व्रत बस्दा शरीर कमजोर हुन सक्छ, त्यसैले फलफुल र औषधी खानु राम्रो हुन्छ ।

– शरीर कमजोर हुनेहरूले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरूले व्रत नबस्दा ठिक हुन्छ ।

– तीजमा व्रत बसेका महिलाहरू मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाइनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ । त्यसैले पानी पिउनुपर्छ ।

– तीज भन्ने वित्तिकै व्रत मात्र होइन रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा आफ्नो ख्याल गर्नुपर्छ । अन्यथा भोको पेटमा धेरै नाच्दा रिँगटा लागेर बेहोस हुने सम्भावना हुन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ११ : ४९ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध