महिलाको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारमाथि तालिबानद्वारा कुटपिट « Khabarhub

महिलाको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारमाथि तालिबानद्वारा कुटपिट


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा भएको महिलाहरुको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई तालिबानले निर्घात कुटपिट गरेको छ । तालिबान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिलाको प्रदर्शनको समाचार लेख्ने पत्रकारले कुटाइ खाएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा राखिएका बिभिन्न तस्विरमा तालिवानले पत्रकारलाई लठ्ठीले हिर्काएको देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा निलडाम देख्न सकिन्छ । महिलाबारे समाचार लेखेका दुई पत्रकारलाई बाहिरी बस्त्र खोल्न लगाएर तालिबानले निर्मम ढंगले कुटेको जनाइएको छ । कुटाइका कारण उनीहरुको पिठ्युँ, ढाड र कम्मर रातो देखिन्छ । अर्को एक भिडियोमा तीन पत्रकारलाइ सामूहिक रुपमा बाँधेर एउटा कोठामा लगिएको देखिन्छ । उनीहरुको अनुहारमा चोट र निलो डाम देखिन्छ ।

आफूलाई सरकारमा सहभागी नगराएको र विभिन्न अधिकार कटौती गरेको भन्दै काबुलमा महिलाले प्रदर्शन गर्दै आएका छन् । एजेन्सी

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  २ : ४३ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा