बालिकामाथि बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ « Khabarhub

बालिकामाथि बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ


२४ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– पैसाको प्रलोभन देखाएर बालिका बलात्कृतको अभियोगमा कपिलवस्तुमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नवीन हुसेन अन्सारी रहेका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यका अनुसार अन्सारीले बालिकालाई २१ भदौको राति जबरजस्ती करणी गरेको उजुरी परेको थियो । पैसा दिने भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । अन्सारी १२ वर्षदेखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए ।

करणीपश्चात फरार रहेका उनलाई २२ गते पक्राउ गरिएको थियो । अदालतबाट म्याद थप गरी अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ३ : ४० बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को