नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : नेपालको अग्रता, डेब्यु खेलाडी सविताले गरिन् गोल | Khabarhub Khabarhub

नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल : नेपालको अग्रता, डेब्यु खेलाडी सविताले गरिन् गोल


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र बंगलादेशबीच जारी महिला टोलीको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १४ औं मिनेटमा नेपालका लागि डेब्यु खेलाडी सविता रानाले गोल गरेकी हुन् ।

योसँगै नेपालले १-० को अग्रता बनाएको छ ।

आजको खेलमा मुख्य प्रशिक्षक ग्यारीले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन् । मिडफिल्डरद्वय मगर र राईले पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन् । बंगलादेश विरुद्ध प्रीतिले अट्याक लाइन समाल्दा सविताले मिड लाइनको जिम्मेवारी पाएकी छन् ।

घरेलु लिगमा प्रीतिले एपीएफ क्लबबाट खेल्छिन् भने सविताले चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो खेल आइतबार हुनेछ ।

नेपाली टिम :

गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
स्ट्राइकर : सरु लिम्बु

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ५ : १७ बजे

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र