बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित (भिडियोसहित) | Khabarhub Khabarhub

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित (भिडियोसहित)


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले संघर्षपूर्ण जित हात पारेको छ । विहीबार भएको खेलमा बंगलादेशविरुद्ध नेपाल २-१ गोल अन्तरले विजयी भएको हो ।

नेपाली स्टार खेलाडी सविता भण्डारीविना नै पहिलो पटक दशरथ रंगशालामा उत्रिएको टोलीले बंगलादेशविरुद्ध औषध प्रदर्शन गर्‍यो । नेपालको जितका लागि राष्ट्रिय टोलीमा डेब्यु गरेका सविता राना मगर र प्रीति राईले १-१ गोल गरेका हुन् ।

खेलको १४ औँ मिनेटमा गोल गर्दै सविताले नेपाललाई अग्रता दिलाइन् । उनले पुजा रानाको क्रसमा हेड गोल गरिन् । त्यस्तै खेलको २४ औँ मिनेटमा प्रिती राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । सरु लिम्बुको पासमा प्रितीले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी हुन् ।

हेरौँ भिडियो

पहिलो हाफ सकिँदासम्म बंगलादेशले पनि केही गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । बंगलादेशविरुद्ध नेपाली खेलाडी हाबी देखिएका थिए । तर, दोस्रो हाफको ८३ औँ मिनेटमा परिवर्तित खेलाडी तोहोरा खातुनले जवाफी गोल गर्दै २-१ को स्थितिमा पुर्‍याएकी थिइन् ।

यसपछि पनि दुबै टोलीका खेलाडीले गोल गर्ने अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन सकेनन् ।

आजको खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सविता र प्रीतिलाई डेब्यू गराएका थिए । डेब्यु खेलमै उनीहरुले दुबै जनाले उत्कृष्ट प्रदर्शन गरे ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ५३ बजे

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको

स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक