मनमोहन सामुदायिक अस्पताललाई काठमाडौँ महानगरले १५ लाख अनुदान दिने « Khabarhub

मनमोहन सामुदायिक अस्पताललाई काठमाडौँ महानगरले १५ लाख अनुदान दिने


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ ।

शुक्ररबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले हस्ताक्षर गरे ।

हस्ताक्षरपछि बोल्र्दै प्रमुख शाक्यले महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको विषय उल्लेख गर्दै, कोभिड उपचार र रोकथामका लागि काठमाडौँ महानगरको लगानी स्थानीय सरकारकातर्फबाट एकै पटक गरिएको सबैभन्दा धेरै भएको बताए ।

सामान्यतया काठमाडौँ उपत्यकाबाहिर कसैलाई विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक परेमा काठमाडौँ आउनुपर्ने बताउँदै शाक्यले भने, ‘यसरी उपचारका लागि आउनेहरूको सहजताका लागि हामीले अस्पतालको क्षमता बढाउन लगानी गरिरहेका छौँ । हामी चाहन्छौँ, उपचारका लागि कसैले पनि काठमाडौँ आउन नपरोस् ।’

त्यस क्रममा उनले दक्षिणकाली नगरमा पर्ने प्रसिद्ध धार्मिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि १ करोड रुपैयाँ र सार्वजनिक ठाउँमा हरियाली पार्क बनाउन १ करोड रुपैयाँ महानगरले आर्थिक सहयोग गरेको बताए ।

सोही कार्यक्रममा अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले, मनमोहनको क्षमता विकास भएपछि काठमाडौँसहित ललितपुर र मकवानपुरका बिरामीलाई उपचारमा सहज हुने बताए । अक्सिजन प्लान्ट स्थापना भएपछि अस्पतालले दिने उपचारको स्तर र खर्चमा सहयोग पुग्ने बताए ।

सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन १५ लाख रुपैयाँ अनुदान दिनेछ । अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ ।

सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित’लेख्नुपर्नेछ ।

महानगरले उपलब्ध गराएको रकमको प्रचलित व्यवस्थाबमोजिम लेखापरीक्षण गराएर अन्तिम प्रतिवेदन अस्पतालले महानगरलाई बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : १७ बजे

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९