मन्त्री हमालको बचाउ गर्दै प्रचण्डले भने– होहल्लाको तुक छैन « Khabarhub

मन्त्री हमालको बचाउ गर्दै प्रचण्डले भने– होहल्लाको तुक छैन


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल मन्त्रीमा नियुक्त भएको विषयमा हो हल्ला गर्न आवाश्यक नभएको बताएका छन् ।

आज बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हमालका विषयमा चलेको चर्चाको कुनै तुक नभएको बताए ।

गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रावधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको प्रचण्डको भनाइ छ ।

कांग्रेसी पृष्ठभूमि भएका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका छन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार हुन् । हमाल संघीय संसद् सदस्य छैनन् ।

हमालको नियुक्तिमा प्रधानन्यायधीशसँग कुनै सम्बन्ध नगरहेको बताउँदै उनले यसमा अन्य केही सेटिङ र अन्य विषय नलुकेको दाबी गरे ।

राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भन्दै पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरुले चिन्ता ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : २६ बजे

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ, भ्रष्टाचारविरुद्धको कारबाही तीव्र

मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई

कांग्रेस इतरको ठहर- पार्टीलाई फुटबाट जोगाउन संस्थापन बाधक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु

एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगञ्ज– कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन,  सुधार, शिक्षा, सीप