पुजासँग आकाशको ‘बिहे भा छैन’ « Khabarhub

पुजासँग आकाशको ‘बिहे भा छैन’


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका सिर्जु अधिकारी र गायक अर्जुन सुनामको स्वरमा रहेको गीत ‘बिहे भा छैन’ सार्वजनिक भएको छ । गीतमा एसपी सापकोटाको शब्द, हरि लम्सालको संगीत र सरोज श्रेष्ठको एरेञ्ज छ ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । डान्सिङ नम्बरको भिडियो संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोलाई हालसम्म दुई लाख बढीले हेरिसकेका छन् ।

डान्स क्लबमा खिचिएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र निर्देशन छ । पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ ।

संगम बुक्स पब्लिकेशनको अध्यक्षसमेत रहेका गीतका सापकोटाले यसअघि ‘एकै घरका सन्तान हामी’, ‘हिजोसम्म नसोचेको जीवन पाएँ आज’, ‘सबको भलो कर्म गर्न पाए हुन्थ्यो’, ‘मान्छेबाट मान्छे निचा’ जस्ता गीतहरु बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : ३१ बजे

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य