जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने « Khabarhub

जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीका विद्यालयहरु अव चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन् ।

देशभरका सवै विद्यालयहरुमा अब पूर्ववत अवस्थामा झै अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको डेल्टा भेरिएन्ट फैलिएपनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले शुक्रबार बताए ।

“कोरोनाभाइरसको महामारी र अध्ययन अध्यापन कार्यका बीचमा तालमेल मिलाएर लैजानुपर्ने भएको छ, लामो समयसम्म यस्तै अवस्था गराइरहन सकिदैन,” उनले भने ।

उनले विद्यार्थीहरूको कोरोना परीक्षण पनि तीव्र र निरन्तर रुपमा भइरहेको पनि जानकारी दिए ।

देशमै पहिलो पटक सरल्याण्ड प्रदेशका विद्यालयहरुमा गत हप्ता नै प्रतिवन्धात्मक व्यवस्थाहरु खुकुलो बनाइएको छ ।

त्यसैगरी बाभारीया र बर्लिनमा पनि मास्क लगाउनुपर्ने लगायतका केही मापदण्ड पालना गरी अन्य कुरामा सजिलो बनाइएको छ ।

जर्मनीमा अहिले दैनिक औसतमा ३०० का दरले कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ६ : १० बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो