छठ पर्वको आज दोस्रो दिन, ‘खरना विधि’ पूरा गरिँदै « Khabarhub

छठ पर्वको आज दोस्रो दिन, ‘खरना विधि’ पूरा गरिँदै


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छठ पर्वको आज मंगलबार दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भइ साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् ।

चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् ।

सोमबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ ।

कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाइ छठ पर्वको व्रतलाई  समापन गरिन्छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ३० बजे

कांग्रेससँग देश बदल्ने सोच, संकल्प र योजना छ : सभापति थापा

सर्लाही– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच,

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा

चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति

एजेन्सी– चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख

महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौं– काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने

सामाजिक सञ्जालका प्रतिक्रिया मतदानको आधार हैन : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र विभिन्न चुनावी