‘ईश्वरीय शक्ति प्राप्त’ मोटरसाइकल ! | Khabarhub Khabarhub

‘ईश्वरीय शक्ति प्राप्त’ मोटरसाइकल !


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सिने उद्योग पनि अचम्मको छ । कुनै समय पान चपाउँदै ओर्लिएको हेलियनको चलचित्रले त्यहाँको बजारमा सर्वाधिक सफलता पाएको थियो ।

भारतमा अर्को एउटा त्यस्तै चलचित्र बनेको छ ‘डगडग’ । यसमा एउटा मोटरसाइकललाई ‘ईश्वरीय शक्ति प्राप्त’ भनेर चित्रण गरिएको छ ।

एक शताब्दीअघि बेलायतको पूर्वीशहर रेडिचमा ‘रोयल इनफिल्ड’ मोटरसाइकलको पहिलो निर्माण भएको थियो । इनफिल्डमा सुरुवाती काम भएको यो मोटरसाइकलले रेडिचमा पुग्दै कर्पोरेट स्वरूप पाएको थियो ।

यही ‘रोयल इनफिल्ड’ मोटसाइकललाई प्राप्त ‘दैवी शक्ति’ को प्लटमा चलचित्र तयार भएको हो ।

कथाअनुसार नसामा चुर भएर राजमार्गमा मोटरसाइकल चलाइएका एक व्यक्तिलाई ट्रकले ठक्कर दिन्छ । त्यसको भोलिपल्टै प्रहरी कस्टडीबाट त्यो मोटरसाइकल दुर्घटना भएकै ठाउँमा पुग्छ । प्रहरीलाई यसले आश्चर्यमा पार्छ ।

यसपछि भूतको रूपमा रहेका ती व्यक्ति राजस्थानको गाउँमा पुग्छन् ।

भारत लगायत देशमा धार्मिक आस्थाको नाममा व्यापार पनि नभएको होइन । धेरै स्थानमा अपत्यारिलो आस्थाका केही कारण छन् । केही किम्बदन्ती छन्, जसमा धेरै मानिसको विश्वास अडेको छ ।

यसै अपत्यारिलो कुनै किम्बदन्ती जयपुर र राजस्थान क्षेत्रमा पनि छ । जुन किम्बदन्तीमाथिको विश्वास यस चलचित्रको मुख्य कथा हो ।

चलचित्रको संवादमार्फत त्यहाँका मानिसको विचित्रको विश्वास उजागर गरिएको छ । राजस्थानको राजधानी जयपुरमा जन्मिएका चलचित्र निर्देशक ऋत्विक परेक कुनै विषयमा विश्वास गरेमा यो विश्वासले धेरै काम गर्छ भनेर चलचित्रले भन्न खोजेको बताउँछन् ।

चलचित्र जम्मा १०७ मिनेटको छ । गत महिना टोरन्टोमा भएको फिल्म फेस्टिबलमा यसको प्रिमियर भएको थियो । पर्यटकको आकर्षण बनेको जोधापुरबाट ७५ किलोमिटर टाढा रहेको पाली भन्ने ठाउँको एक मन्दिरबाट प्रेरित भएर यो कथा तयार भएको जनाइएको छ ।

सडकको छेउमा रहेको मन्दिरले प्राप्त गरेको देवत्वको कारण त्यहाँ राखिएको  रोयल इनफिल्ड मोटरसाइकलको स्तम्भलाई शक्तिको प्रतीक मानिएको छ । त्यो मोटरसाइकल तीन दशकअघि जोधापुर–जयपुर सडक खण्डमा दुर्घटना भएका ओम सिंह राठौरको भएको मानिसहरूको भनाइ छ ।

‘बुलेट बाबा’ को रूपमा प्रख्यात त्यो मन्दिरमा लामो दूरीको ट्रक चालकहरूले दर्शन गर्ने गरेका छन् । सुरक्षित यात्राको कामना गर्दै अन्य यात्राुले पनि दर्शन गर्छन् । यातायात क्षेत्रमा काम गर्नेहरूका लागि यो मन्दिर बढी प्रशिद्ध छन् ।

संसारमा हुने सडक दुर्घटनामध्ये सबैभन्दा धेरै, ११ प्रतिशत, भारतमा हुने गर्छ । राजमार्ग तथा सडक यातायात मन्त्रालयले सार्वजनिक गरेको सन् २०१९ को तथ्याङ्कअनुसार १ लाख ५१ हजार ११३ जनाले उक्त वर्ष सडक दुर्घटनाका कारण ज्यान गुमाएका थिए ।

‘भारतमा धेरै मन्दिर छन् । अन्यभन्दा यो मन्दिर विचित्रको मानिन्छ’ परेकले भने । छ वर्ष अघिसम्म विज्ञापनमा कला निर्देशको काम गर्ने परेक पूर्णकालीन चलचित्रकर्मी भएका हुन् । बलिउडमै रहेका उनी यसै चलचित्र निर्माणका लागि आफ्नै घर जयपुर पुगेका हुन् ।

बेलायतका विकाशवादी बायोलोजिस्ट  रिचर्ड डक्वीन्सले व्यक्तिगत विश्वासमाथि प्रश्न उठाउँदै २००६ मा लेखको पुस्तक ‘गड डेलुसन’ पढेपछि परेकमा यो चलचित्र बनाउने सोच पलाएको हो ।

यसपछि नै ‘बुलेट बाबा’ मन्दिरमा पुगेका उनले यसको अध्ययन र अनुसन्धानका लागि पाँच महिना राजस्थानमा बिताएका थिए ।

धार्मिक पारिवारिक पृष्ठभूमिमा हुर्किएका परेकले बाल्यकालमै बुलेट बाबाको दर्शन गरेका थिए । धार्मिक विश्वासमा कठोर उनकी हजुरआमाले उनलाई बाल्यकालमा धेरै पटक त्यो मन्दिर लिएर गएकी थिइन् ।

परेकले आफ्ना बाबुलाई राजस्थानमा रहेका राठौरको परिवारसँग कुरा गर्न लगाए । राठौरको परिवारले सहमति त जनायो तर फिल्ममा पात्रको नाम अर्कै राख्ने सहमतिमा ।

कथा इनफिल्ड मोटरसाइकलको हो, जसमा ईश्वरीय शक्ति रहेको मानिएको छ । केही किम्बदन्ती छन्, जसमा धेरै मानिसको विश्वास छ । भारतको जयपुर र राजस्थान क्षेत्रमा प्रचलित किम्बदन्तीमाथिको विश्वास डगडग चलचित्रको मुख्य कथा हो ।

कथा लेखनको काम सकिएपछि कुनै व्यावसायिक कलाकारलाई छाडेर फिल्मको ४० प्रतिशतभन्दा बढी सुटिङ भएको जयपुरको कुनै गाउँमा सय जनाभन्दा बढीको माझमा अडिसन लिइएको थियो ।

राठौरको प्रतिरूप रहेका पात्र ‘ठाकुर लाल’ को भूमिकामा छानिएका युवाले त्यसै समयदेखि रोयल इन्फिल्ड र राठौरका बारे अध्ययन थाले । राठौरले प्रयोग गर्ने रोयल इन्फिल्डको स्थानमा अर्को इटालियन बाइक प्रयोग गरियो ।

परेककी बहिनी परेना यस चलचित्रकी निर्माता हुन् । चलचित्र व्यवसायमा यो नै उनको पहिलो फिचर फिल्म हो । हरेकले व्यक्तिले ‘मिराकल’ को प्रतीक ठान्ने जोधापुरको उक्त मन्दिरको कथा संसारका अगाडि चलचित्रमार्फत ल्याउन पाउँदा आफूलाई खुसी लागेको बताएकी छिन् ।

यसले मनोरञ्जन दिनुका साथै धार्मिक आस्था बलियो बनाउनेछ । अर्को फिल्म फेस्टिबलमा प्रदर्शनको तयारीमा यो चलचित्र रहेको छ ।

सो समयमा दुर्घटना भएको रोयल इनफिल्ड मोटरसाइकलको निर्माण सन् १८९३ मा रोयल स्मल आर्म फ्याक्ट्रीले गरेको थियो । यो मोटरसाइकल सन् १९०१ मा बेलायतले पहिलो मोटरसाइकलको रूपमा स्वीकार गर्दै दर्ता गरेको हो ।

सन् १९१४ देखि १९१८ को पहिलो विश्वयुद्धको समयमा रेडिचमा रहेको यसको कारखानाले बेलायत, बेल्जियम, फ्रान्स, अमेरिकी र रुसी सेनालाई मोटरसाइकल उपलब्ध गराउने गरेको थियो ।

सन् १९३२ मा यसै कम्पनीले बुलेट मोटरसाइक निर्माण गरेको हो । सन् १९३९ देखि ४५ को बीचमा यो कम्पनीले युद्धलाई लक्षित गर्दै मिलिटरी बाइक निर्माण गरेको हो ।

सन् १९७० मा भारतमा यसको निर्माण सुरु भयो । सन् १९९४ मा भारतमा आइचर मोटरले यसको अधिकार खरिद गर्दै रोयल इन्फिल्ड मोटर लिमिटेड बनाएको हो । भारत पछिल्लो समय यो बाइकको नयाँ व्यापारिक केन्द्र बने सन् २०२० सम्म पनि बेलायत नै यो मोटरसाइकलको पहिलो मुख्य बिक्री केन्द्रको रूपमा रहेको छ ।

कोभिड महामारीका कारण चलचित्र क्षेत्रमाथि परेको असर अझै हेटेको छैन । यसकारण हलमा देखाउने र दर्शक बटुल्नेभन्दा पनि आर्ट फिल्म, ऐतिहासिक फिल्म र अन्य फरक धारका फिल्म नै यस समयमा बढी बने ।

टोरन्टो फिल्म फेस्टिबलमा पनि धेरै जसो यसै खाले फिल्मको प्रदर्शन भए ।

यो विचित्रको भारतीय फिल्मसँगै टोरन्टोको महोत्सवमा अमेरिकी साइन्स फिल्म ‘ड्युन’ पनि धेरैका लागि प्रिय बनेको थियो । डेनिस भेलेन्युभ, जोन स्पाइट्स र इरिक रोथले लेखेको यो चलचित्रको निर्देशन भेलेन्युभले गरेका हुन् ।

सन् १९६५ मा प्रलान्क हर्बटले लेखेको उपन्यासमा आधारित भएर यो चलचित्र निर्माण गरिएको हो ।

अर्को साइन्स फिल्म ‘नाइट राइडर्स’ पनि टोरन्टो महोत्सवमा प्रदर्शन गरिएको थियो । डेनिस गाउलेटको लेखन तथा निर्देशनको यो फिल्ममा माइजा टेलफिचर, ब्रुकलिन लेटेजीयर हार्ट, एलेक्स टारान्ट, अमान्डा प्लमर र भ्वाइलेट नेल्सनको मुख्य भूमिका छ ।

स्टेफन जोबस्कीको म्युजिकल फिल्म म्युजिकल फिल्म ‘डियर इभान हान्सेन’ को फेस्टिबलको सुरुवात दिनमै प्रदर्शन भएको थियो । यसमा मुख्य भूमिका स्टेभन लेभन्सनको छ ।

सत्र वर्षीय इभान हान्सेन एन्जाइटीको सिकार भएपछि कला र सङ्गीतले उनको जीवनमा पारेको प्रभावबारे यो चलचित्र रहेको छ ।

बेन प्राट, क्याटलिन डेभर, अमान्डिया स्टेनबर्ग, निक डोडान्डी, कल्डान यार्न, डेनी पिनो, जुलियन मुर र एमी एडम्सको चलचित्रमा अभिनय रहेको छ ।

ब्रान्डन ट्रस्टको सिनेमाटोग्राफी रहेको यो चलचित्रमा जस्टिन पाउल र डन रमरको सङ्गीत छ । अभिनयको आधारमा टोरन्टो फिल्म फेस्टिबलको यो उत्कृष्ट चलचित्रको रूपमा धेरै समीक्षकले मत व्यक्त गरेका छन् ।

केनेथ ब्राघको ‘बेलफास्ट’, माइकल सोवालटरको ‘द आइज अफ टेमी फाय’, ‘द ह्युमन’ र ‘सर्भाइभर’ लगायत चलचित्र प्रदर्शनमा भए । यी हरेक चलचित्रका आफ्ना विशेषता छन् ।

यी सबैका माझ संसारको दोस्रो जनसङ्ख्या भएको देश भारतमा रहेको विचित्रको धार्मिक आस्था अन्धविश्वास मात्र हो या कुनै ऐतिहासिक आधारमा भएको  हो भन्ने बहस भने ‘डग डग’ ले उठाउने छ ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ४५ बजे

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल असोज ६ गते आइतबार तदनुसार

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसको भेटवार्ता

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव

आज २०८१ साल असोज ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ६ गते आइतबार तदनुसार

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न