प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै « Khabarhub

प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनी भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा २६ कात्तिकसम्मका लागि दिल्ली भ्रमणमा जान लागेका हुन् ।

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक-अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।  प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्चपदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ५८ बजे

कांग्रेससँग देश बदल्ने सोच, संकल्प र योजना छ : सभापति थापा

सर्लाही– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच,

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा

चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति

एजेन्सी– चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख

महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौं– काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने

सामाजिक सञ्जालका प्रतिक्रिया मतदानको आधार हैन : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र विभिन्न चुनावी