एमाले सुदूरपश्चिम बैठक वहिष्कार गर्दै रावलले भने- १० बुँदे विपरितका बैठक ‘अवैध’ « Khabarhub

एमाले सुदूरपश्चिम बैठक वहिष्कार गर्दै रावलले भने- १० बुँदे विपरितका बैठक ‘अवैध’


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा बढेको विवाद अझ लम्बिने संकेत देखिएको छ ।

१० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने मागसहित असन्तुष्ट रहेका उपाध्यक्ष भीम रावलले उक्त सहमति विपरितका सबै बैठक अवैध भएको जनाएका छन् ।

उनले आजको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गर्दै त्यसलाई अवैध र अमान्य भएको बताएका छन्।

मंगलबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु.प. (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक  १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ ।‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि–१२ झापामा लागू हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’

१० सहमितमा साविकका एमालेका कमिटी तथा जिम्मेवारीहरु यथावत हुने भनिएकोमा सुदूरपश्चिम प्रदेशको इन्चार्ज खोसिएकोमा रावलले आपत्ती जनाउँदै आएका छन् ।

तत्कालीन नेकपा विभाजित भएर आएका माओवादी केन्द्रका नेता लेखराज भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेपछि रावल असन्तुष्ट छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : १५ बजे

कांग्रेससँग देश बदल्ने सोच, संकल्प र योजना छ : सभापति थापा

सर्लाही– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच,

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा

चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति

एजेन्सी– चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख

महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौं– काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने

सामाजिक सञ्जालका प्रतिक्रिया मतदानको आधार हैन : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र विभिन्न चुनावी