‘प्रधानन्यायाधीश राणाकै कारण न्यायपालिका अशुद्ध बन्यो’ « Khabarhub

‘प्रधानन्यायाधीश राणाकै कारण न्यायपालिका अशुद्ध बन्यो’


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाकै कारण न्यायपालिका अशुद्ध बनेको आरोप लगाएका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको ब्यानरमा आज सर्वोच्च अदालत परिसरमा आयोजित विरोध तथा कोणसभामा कानून व्यवसायीले सर्वोच्च अदालतका १९ न्यायाधीशसँग राजीनामा माग्नु पर्ने कारण पनि माग गरेका छन् ।

कोणसभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राणाले दिएको अन्तर्वार्ता नै उनलाई महाभियोग लगाउन पर्याप्त आधार रहेको बताए । उनले भने, ‘राणााले दिएको अन्तर्वार्ता नै उनलाई महाभियोग लगाउन मिल्ने पर्याप्त आधार हो । उनले नेताहरूको बलमा राजीनामा दिन्न, महाभियोग लगाउ भनेका छन् । यही आधारमा पनि उनलाई हटाउनै पर्छ ।’

भण्डारीले जबराले आफुलाई संवैधानिक परिषदको वरिष्ठ सदस्य भनेको बताउँदै वरिष्ठ सदस्यको व्यवस्था नै नरहेकाले संवैधानिक जानकारी नभएकाले पनि महाभियोग लगाउनुपर्ने बताए । उनले भने, ‘रञ्जन कोइरालाको केसमा सजाय घटाउने, रिहा गर्ने व्यवस्था कहाँ छ ? यो पनि महाभियोगको आधार हो ।”

उनले भने, ‘१९ जना न्यायाधीशको इन्क्वाइरी कमिसन गठन गरौँ। १९ जना न्यायाधीशले पनि आन्दोलनको आधार र कारण दिनुपर्छ । आन्दोलन भनेर मात्र हुँदैन ।’

भण्डारीले यो घटनाको दोषी प्रधानमन्त्री पनि रहेको बताए । उनले भने, ‘अहिलेको अवस्थाको दोषी प्रधानमन्त्री शेरबहादुर देउवा पनि हो । गठबन्धनविरूद्ध पनि आवाज उठाउनुपर्छ ।’

उनले सबै न्यायाधीशको सम्पत्ति छानविन गर्न माग गरेका छन् ।

त्यस्तै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश न्यायालय बचाउन नभइ पद बचाउन लागेको आरोप लगाए । उनले भने, ‘ प्रधानन्यायाधीश न्यायालय बचाउन नभइ पद बचाउन लागे । आफू खुसी पेसी तोके । न्यायाधीश र बारको विश्वास जित्न सकेनन् । सेवाग्राही पनि समस्यामा छन् । बिचौलियाबाट पीडित छन् ।’

उनले न्यायाधीशहरूलाई बेन्चमा नबस्न आग्रह गर्दै भने, ‘अहिलेका प्रधानन्यायाधीश बिचौलियाका जड हुन् । बिचौलियाको नाइके चोलेन्द्र शम्शेर हो । उनलाई नहटाएसम्म बिचौलिया हट्दैन । सेवाग्राहीलाई पनि केही दिन साथ दिन अनुरोध गर्छु । बिहीबारबाट उपत्यकाका सम्पुर्ण अदालतका न्यायाधीशहरू १० बजेदेखि १२ बजेसम्म बेन्चमा नबसिदिुनहोला।’

उनले उपत्यका बाहिरका बार इकाइलाई २८, २९, ३० कात्तिकमा कालोपट्टी बाँधेर शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरे ।

विरोध कार्यक्रममा काठमाडौँ अदालत बारका सचिवल दमनबहादुर चन्दले जबराले हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेपछि, आफैँले बनाएको प्रतिवदनमा अटेर गरेर साँढे जसरी हिँडेपछि हामी आन्दोलनमा उत्रनु परेको बताए ।

उनले आन्दोलन सेवाग्राही र कानुन व्यवसायीको समस्या समाधान गर्न नभइ समग्र न्यायको सुधारका लागि रहेको बताए ।

बारको १५ दिनको आन्दोलनमा पनि अदालतलाई गुमराहमा राख्नु हास्यास्पद रहेको उनको भनाइ छ । उनले जबरालाई पदमा बस्ने नैतिक आधार नभएको भन्दै अबिलम्भ राजीनामा दिन माग गरे ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १२ : ५९ बजे

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको