छोरा जन्माउन नसकेको भन्दै परिवारको सहयोगमा श्रीमतीको हत्या « Khabarhub

छोरा जन्माउन नसकेको भन्दै परिवारको सहयोगमा श्रीमतीको हत्या


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले छोरा जन्माउन नसकेको भन्दै श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । सबैला नगरपालिका-३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको पीडित परिवारले आरोप लगाएको छ ।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा नजन्माएको र दाइजोको विषयलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाइ मन्जुर साफीले मानसिक तनाव दिँदै आएको मृतक खातुनको बुबा मोहम्मत आलमले बताए ।

८ कात्तिकमा राति रक्सी खाएर साफीले घरमा सुतिरहेको छोरीलाई घाँटी थिचेर हत्या गरेको उनले आरोप लगाए । मृतकको घाँटीसहित शरिरभरि निलडाम देखिएको उनले बताए । किटानी जाहेरी दिए पनि प्रहरीले दोषी पक्राउमा चासाे नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाइन् ।

ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए । घटनाका थप आरोपीको खोजी कार्य भइरहेको बताउँदै निरीक्षक सिग्देलले भने,‘ चाडपर्वको कारण घटनाको अनुसन्धान केही प्रभावित हुन पुगेको छ । अब तदारूकताका साथ अनुसन्धानलाई अगाडि बढाउँछौ ।’ न्यूज कारखानाबाट

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  २ : ४५ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित